उपमेयर महिला कप : आज तीन खेल हुँदै « Khabarhub

उपमेयर महिला कप : आज तीन खेल हुँदै


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज शुक्रबार तीन खेल हुनेछन् ।

प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल बिहान ९ बजे समूह ‘सी’ को भक्तपुर नगरपालिका र बासगढी नगरपालिकाबीच हुनेछ ।

दोस्रो खेलमा समूह ‘डी’ को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाले प्रतिस्पर्धा गर्नेछन् । खेल दिउँसो १२ बजे हुनेछ ।

आजको अन्तिम तथा तेस्रो खेलमा दिउँसो ३ बजे समूह ‘इ’ को सिमकोट नगरपालिका र काठमाडौ महानगरपालिका भिड्नेछन् ।

तीनै टोलीको प्रतियोगितामा यो पहिलो खेल हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी प्रतियोगिता एन्फा मुख्यालयमा भइरहेको छ ।

बिहीबार प्रतियोगिताको पहिलो खेलमा समूह ‘ए’ को वाग्मती नगरपालिकाले महालक्ष्मी नगरपालिकालाई ९-० ले हराएको थियो । जितसँगै बागमतीले तीन अंक जोड्यो । अर्को खेलमा कनकाइ नगरपालिकाले गोदावरी नगरपालिकालाई १२-० ले हराउँदै तीन अंक जोड्यो ।

समूह ‘बी’ को कालिका नगरपालिकाले कागेश्वरी नगरपालिकालाई १०-० ले हराएको थियो । राष्ट्रिय टोलीका चार खेलाडी सम्मिलित कालिकाले जितसँगै तीन अंक जोड्यो ।

प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा चार टिम र अन्य समूहमा तीन- तीन टिम छन् ।

प्रतियोगिताको विजेता र उपविजेता टोलिले राष्ट्रिय महिला लिग छनोट हुनेछन् । उपमेयर कपको विजेताले ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् । फियर प्ले टिमले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : २६ बजे

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन

प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता

नुवाकोट– पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट १ मा

झापा–२ मा प्रतिस्पर्धी उम्मेदवारबीच आत्मीयता

काठमाडौं – झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सरिता

काठमाडौं- १ मा बाबुराम आचार्य कांग्रेसका बागी उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो