कात्तिक १० गतेदेखि सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै « Khabarhub

कात्तिक १० गतेदेखि सुर्खेतमा काँक्रेविहार गोल्डकप हुँदै


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर – सुर्खेतको वीरेन्द्रनगरमा यही कात्तिक १० गतेदेखि काँक्रेविहार गोल्डकपको आयोजना हुने भएको छ । काँक्रेविहार युवा क्लबको आयोजनामा सञ्चालन हुने यो अन्तरपालिकास्तरीय फुटबल प्रतियोगिता हो ।

क्लबका अध्यक्ष चन्द्रप्रकाश शाहीले प्रतियोगितामा सुर्खेतका नौ स्थानीय तहका फुटबल टोलीले सहभागिता जनाउने बताए । उनका अनुसार प्रतियोगिताका विजेताले रु एक लाख र उपविजेताले रु ५० हजार पुरस्कार तथा ट्रफी पाउनेछन् । कात्तिक १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका लागि टिम दर्ताको समय आइतबारसम्म तोकिएको छ ।

हालसम्म सात टिमले सहभागिता निश्चित गरिसकेका छन् । टिम दर्ताका लागि रु १० हजार शुल्क तोकिएको छ । कर्णालीमा फुटबल खेलको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको आयोजकको भनाइ छ ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ११ : ४५ बजे

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट

मधेस प्रदेश सभामा आज सभामुख चयन गरिँदै

काठमाडौं– मधेस प्रदेश सभामा आज सभामुख पदका लागि निर्वाचन हुँदैछ