हिरो मोटोकर्पको माएस्ट्रो एज ११० सार्वजनिक « Khabarhub

हिरो मोटोकर्पको माएस्ट्रो एज ११० सार्वजनिक


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिरो मोटोकर्पले नेपाली बजारमा नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ ।

कनेक्ट सम्पर्क सञ्जालयुक्त स्टाइलिस माएस्ट्रो एज ११० विशेषगरी नेपाली ग्राहकका लागि उपयुक्त डिजाइन भएको दाबी कम्पनीको छ । नयाँ माएस्ट्रो एज ११० मा यस वर्गकै पहिलो फस्ट इन सेग्मेन्ट एलइडी प्रोजेक्टर हेडलाइट, पूर्ण डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न–बाइ–टर्न नेभिगेसनसहित नयाँ सार्पर डिजाइन छ । माएस्ट्रो एजको नेपाली बजार मूल्य २ लाख १५ हजार पर्छ ।

‘ग्राहकलाई केन्द्रबिन्दुमा राखेर नेपालमा नवीनतम प्रविधि र डिजाइनसहितका सान्दर्भिक उत्पादन उपलब्ध गराउन प्रतिबद्ध छौं । नयाँ माएस्ट्रो एज ११० ले युवालाई उत्कृष्ट अनुभव प्रदान गर्ने हाम्रो प्रतिज्ञासँग मेल राख्छ,’ हिरो मोटोकर्पका ग्लोबल बिजनेस प्रमुख सञ्जय भानले भने ।

नेपालमा हिरो मोटोकर्पको वितरक नेपाल जनरल मार्केटिङले ७५ डिलर, ८७ सर्भिस सेन्टर र ९० स्पेयर पार्ट आउटलेटसहित देशभरका ९० वटा बिक्री केन्द्रमार्फत ग्राहकलाई सेवा दिँदै आएको छ । नेपालमा हाल एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, हंक १५० आर, एक्सट्रीम १६० आर, एक्सपल्स २००, एक्सपल्स २०० टी मोटरसाइकल एवं प्लेजरप्लस प्लेटिनम, माएस्ट्रो एज ११० र डेस्टिनी १२५ स्कुटर बिक्री हुँदै आएका छन् ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १२ : ५० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा