अङ्ग्रेजी संस्करणमा ‘फातसुङ’ « Khabarhub

अङ्ग्रेजी संस्करणमा ‘फातसुङ’


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास ‘फातसुङ’को अङ्ग्रेजी अनुवाद ‘सङ अफ द स्वाइल’बजारमा आएको छ । लेखक एवम् प्रकाशक अजित बरालले गरेको अनुवाद नेपालमा फाइनप्रिन्ट, भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेका छन् ।

सन् २०१९ मा सर्वप्रथम नेपालीमा प्रकाशित ‘फातुसङ’ बङ्ला भाषामा प्रकाशित छ भने हिन्दीमा प्रकाशन हुने क्रममा छ । आफ्नो कृति अङ्ग्रेजीमा अनुवाद भएकोमा खुसी साट्दै लेखक काविमोले भने, ‘अनुवाद त्यो पुल हो, जसले एउटा भाषालाई अर्को भाषासँग जोड्छ । एउटा साहित्यलाई अर्को साहित्यसँग जोड्छ । र एउटा समाजलाई अर्को समाजसँग जोड्छ । फातसुङ अहिले त्यही पुलपछिको नयाँ यात्रामा छ । आशा राखें, यहाँबाट आम अङ्ग्रेजी पाठकले एउटा सुन्दर यात्रा हिँड्नेछन्, जहाँ दार्जीलिङे जीवनका केही भोगाइ छन् । केही सुस्केरा छन् । सबैभन्दा धेर अधुरो सपनाको एउटा गीत छ, जसलाई अङ्ग्रेजी पाठकले पक्कै गुनगुनाउनेछन् ।’

अनुवादक बरालले भने, ‘अन्तर्राष्ट्रिय साहित्यलाई फाट्टफुट्ट भए पनि नेपालीमा अनुवाद गर्ने काम भएका छन् । तर नेपाली साहित्यको अङ्ग्रेजी वा अन्य भाषामा राम्रो अनुवाद भएकै छैन भने पनि हुन्छ । त्यसैले स्तरीय नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन हामी नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने प्रयासमा लागेका छौं । त्यही प्रयासको प्रतिफल हो सङ अफ द स्वाइल ।’ सशस्त्र माओवादी द्वन्द्वसँग धेरै समानता राख्ने राख्ने दार्जीलिङको पहिचानको सङ्घर्षको सुन्दर कथा र छुदेन काविमोको भाषिक मिठासले फातसुङको अनुवाद गर्न आफूलाई प्रेरित गरेको उनले बताए ।

छुदेन काविमोको उपन्यासबारे भारतीय लेखक एवम् जयपुर लिटरेचर फेस्टिभलकी निर्देशक नमिता गोखलेले भनेकी छिन्, ‘आशा, आकाङ्क्षा र तुषारापात भएको सपना नियाल्ने यो गहन र मन छुने उपन्यासले हामीलाई हिमाली समुदायको धड्किरहेको मुटुभित्र लैजान्छ । साँच्चै नै माटोको गीत यसमा जीवनको झोक्का समाहित छ ।’

त्यस्तै लेखक प्रज्वल पराजुलीले भनेका छन्, ‘धेरै भाषामा पढ्नलायक यो एउटा सुन्दर रचना र महत्त्वपूर्ण किताब हो ।’

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  २ : १७ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष