अङ्ग्रेजी संस्करणमा ‘फातसुङ’ « Khabarhub

अङ्ग्रेजी संस्करणमा ‘फातसुङ’


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–पहिचानका लागि गरिएको गोर्खाल्यान्ड आन्दोलनबारे भारतीय मूलका नेपाली लेखक छुदेन काविमोले लेखेको उपन्यास ‘फातसुङ’को अङ्ग्रेजी अनुवाद ‘सङ अफ द स्वाइल’बजारमा आएको छ । लेखक एवम् प्रकाशक अजित बरालले गरेको अनुवाद नेपालमा फाइनप्रिन्ट, भारतमा रचना बुक्स र बेलायतमा बलेस्टियर प्रेसले प्रकाशन गरेका छन् ।

सन् २०१९ मा सर्वप्रथम नेपालीमा प्रकाशित ‘फातुसङ’ बङ्ला भाषामा प्रकाशित छ भने हिन्दीमा प्रकाशन हुने क्रममा छ । आफ्नो कृति अङ्ग्रेजीमा अनुवाद भएकोमा खुसी साट्दै लेखक काविमोले भने, ‘अनुवाद त्यो पुल हो, जसले एउटा भाषालाई अर्को भाषासँग जोड्छ । एउटा साहित्यलाई अर्को साहित्यसँग जोड्छ । र एउटा समाजलाई अर्को समाजसँग जोड्छ । फातसुङ अहिले त्यही पुलपछिको नयाँ यात्रामा छ । आशा राखें, यहाँबाट आम अङ्ग्रेजी पाठकले एउटा सुन्दर यात्रा हिँड्नेछन्, जहाँ दार्जीलिङे जीवनका केही भोगाइ छन् । केही सुस्केरा छन् । सबैभन्दा धेर अधुरो सपनाको एउटा गीत छ, जसलाई अङ्ग्रेजी पाठकले पक्कै गुनगुनाउनेछन् ।’

अनुवादक बरालले भने, ‘अन्तर्राष्ट्रिय साहित्यलाई फाट्टफुट्ट भए पनि नेपालीमा अनुवाद गर्ने काम भएका छन् । तर नेपाली साहित्यको अङ्ग्रेजी वा अन्य भाषामा राम्रो अनुवाद भएकै छैन भने पनि हुन्छ । त्यसैले स्तरीय नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन हामी नेपाली साहित्यलाई अङ्ग्रेजीमा अनुवाद गर्ने प्रयासमा लागेका छौं । त्यही प्रयासको प्रतिफल हो सङ अफ द स्वाइल ।’ सशस्त्र माओवादी द्वन्द्वसँग धेरै समानता राख्ने राख्ने दार्जीलिङको पहिचानको सङ्घर्षको सुन्दर कथा र छुदेन काविमोको भाषिक मिठासले फातसुङको अनुवाद गर्न आफूलाई प्रेरित गरेको उनले बताए ।

छुदेन काविमोको उपन्यासबारे भारतीय लेखक एवम् जयपुर लिटरेचर फेस्टिभलकी निर्देशक नमिता गोखलेले भनेकी छिन्, ‘आशा, आकाङ्क्षा र तुषारापात भएको सपना नियाल्ने यो गहन र मन छुने उपन्यासले हामीलाई हिमाली समुदायको धड्किरहेको मुटुभित्र लैजान्छ । साँच्चै नै माटोको गीत यसमा जीवनको झोक्का समाहित छ ।’

त्यस्तै लेखक प्रज्वल पराजुलीले भनेका छन्, ‘धेरै भाषामा पढ्नलायक यो एउटा सुन्दर रचना र महत्त्वपूर्ण किताब हो ।’

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  २ : १७ बजे

किमद्वारा उपप्रधानमन्त्री सुङ होलाई बर्खास्त

सियोल– उत्तर कोरियाली नेता किम जोङ उनले उपप्रधानमन्त्री याङ सुङ

माओवादी छाडेका जनार्दनदेखि विप्लवसम्म पछि हटे चुनावी प्रतिष्पर्धाबाट

काठमाडौं– तत्कालीन माओवादी छाडेर नयाँ पार्टी निर्माणको प्रक्रियामा लागेका नेताहरू

ग्रिनल्यान्ड र नोबेलबारे ट्रम्पको कडा अभिव्यक्ति

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डप्रति आफ्नो आक्रामक धारणा गत

राजीनामा दिएकै भोलिपल्ट रास्वामा जगदीश खरेल, टिकट लिएपछि ललितपुर २ मा विवाद

काठमाडौं- अन्तरिम सरकारका सञ्चारमन्त्री जगदीश खरेल पदबाट राजीनामा दिएर राष्ट्रिय

रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्री कार्कीले सम्हाल्ने

काठमाडौं– तीन जना मन्त्रीले पदबाट राजीनामा दिएपछि रिक्त भएका मन्त्रालयहरूको