एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, महाधिवेशनमा विद्युतीय मेशिन प्रयोग हुने | Khabarhub Khabarhub

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक, महाधिवेशनमा विद्युतीय मेशिन प्रयोग हुने


५ कार्तिक २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले) ले महाधिवेशनको प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको छ ।

तुल्सीलाल स्मृति प्रतिष्ठानमा शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले राष्ट्रिय महाधिवेशनको बिषयमा छलफल गर्न र प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तय गर्न यही कात्तिक १२ गते केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको हो ।

सोही विषयमा नै छलफल गर्न कात्तिक ११ गते स्थायी कमिटी बैठक बोलाइएको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा गठित २१ सदस्यीय मूल व्यवस्थापन समितिलाई पूर्णता दिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय महाधिवेशन प्रतिनिधि चयनका लागि २०७७ चैत्र मशान्तसम्म नवीकरण र नयाँ सदस्यता बनेका योग्य हुने निर्णय बैठकले गरेको छ ।

महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय मतदान मेशिन प्रयोग गर्ने निर्णय पनि बैठकले गरेको छ । त्यस्तै बैठकले १० बँुदे सहमति कार्यान्वयनका लागि देखिएका समस्या केन्द्रीय कमिटी बैठक अघि नै समाधान गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।

यसैबीच १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलबाट उपाध्यक्ष भीम रावलले राजीनामा दिएका छन् । स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै रावलले राजीनामा दिका हुन् । कार्यदलमा भएको छलफल र पार्टीले गरेको निर्णयसमेत मान्य नहुने भएपछि कार्यदलमा बस्नुको औचित्य नभएको भन्दै राजीनामा दिइएको उनले बताए ।

रावलले १० बुँदे सहमतिका विषयमा फरक मत पनि राखेका छन् । स्थायी कमिटीले दुई जना नेतालाई केन्द्रीय कमिटी सदस्य मनोनित गरेकामा पनि उनले असहमति जनाए । शुक्रबारको बैठकले रौतहटका कुन्दन कुशवाहा र बाराका मोहम्मद समिरलाई केन्द्रीय सदस्य मनोनित गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  ८ : ११ बजे

गण्डकीको बजेट ३१ अर्ब ९८ करोड 

पोखरा– गण्डकी प्रदेश सरकारले आगामी आवका लागि ३१ अर्ब ९७

विपद् जोखिमलाई दृष्टिगत गर्दै तयारीमा जुट्न मुख्यमन्त्री पाण्डेको आग्रह

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्भावित विपद् जोखिमलाई दृष्टिगत

उखु उत्पादक किसानलाई १ अर्ब ६० करोड रुपैयाँ अनुदान उपलब्ध गराउन माग

काठमाडौं– नेपाल किसान महासङ्घ र अखिल नेपाल किसान महासङ्घले उखु

भिजिट भिसा प्रकरणमा हामीले ल्याएको प्रस्तावबाट रास्वपा पछि हट्यो : सचेतक घिमिरे

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणमा

भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ९७ पुग्यो 

काठमाडौं– भारतमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ