कांग्रेस महाधिवेशन : खोटाङमा सभापतिका चारमध्ये दुई आकांक्षीबीच सहकार्य « Khabarhub

कांग्रेस महाधिवेशन : खोटाङमा सभापतिका चारमध्ये दुई आकांक्षीबीच सहकार्य


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङमा नेपाली कांग्रेस जिल्ला सभापतिका दुई आकांक्षीले सहकार्य गर्ने भएका छन् । जिल्ला अधिवेशनको पूर्वसन्ध्यामा पार्टी सभापति शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री सर्वधन राई र नेता कृष्णप्रसाद सिटौला निकट महाधिवेशन प्रतिनिधि भूपेन्द्र राईबीचमा सहकार्य गर्ने सहमति भएको हो ।

हालसम्म दुबैले जिल्ला सभापतिमा दाबी गर्दै आएका थिए । महाधिवेशन प्रतिनिधि भूपेन्द्रले पूर्वराज्यमन्त्री सर्वधनलाई सभापतिमा सहयोग गर्ने सहमति भएको स्रोत जनाएको छ । दुई पक्ष जिल्ला कार्य समितिका पदाधिकारी, सदस्य तथा संघीय महाधिवेशन प्रतिनिधि टुंग्याउन छलफलमा जुटेको छ । क्षेत्रीय कार्यसमिति (प्रदेश क र ख)को मत परीणामपछि सभापतिका दुई आकांक्षी एक ठाउँमा आइपुगेका हुन् ।

रामचन्द्र पौडेल निकट पूर्वसभापति विष्णुकुमार राई र देउवा निकट महासमिति सदस्य रवीप्रकाश राई पनि कांग्रेसको जिल्ला सभापतिको दौडमा छन् । महाधिवेशन प्रतिनिधि राईले पूर्वराज्यमन्त्री राईलाई समर्थन गर्ने भएपछि अब सभापतिका आकांक्षी तीन जना बाँकी छन् । पूर्वसभापति राईलाई वर्तमान सभापति नरेश श्रेष्ठ र शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको पनि समर्थन छ ।

निर्वाचन तालिका प्रकाशन

कांग्रेसको जिल्ला अधिवेशनका लागि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन तालिका प्रकाशन गरेको छ ।

सोमबार बिहान ८ बजेदेखि ८.३० बजेसम्म मतदाताको नामावलीमा दाबी विरोध, बिहान ९.३० बजेदेखि दिउँसो १ बजेसम्म मनोनयपत्र दर्ता, दिउँसो २ बजेसम्म उम्मेदवारको प्रथम नामावली प्रकाशन, दिउँसो २.३० बजेसम्म उम्मेदवारको नामावली उपर दाबी विरोध, दिउँसो ४ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका प्रकाशन गरेको छ ।

मतदान मंगलबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ६ : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले