रियल मड्रिडको सहज जित « Khabarhub

रियल मड्रिडको सहज जित


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले ग्रानडालाई ४-१ गोल अन्तरले हराएको छ । आइतबार ग्रानडाको मैदानमा भएको खेलमा रियलले १० खेलाडीमा सिमित ग्रानडामाथि सहज जित निकालेको हो ।

खेलको १९ औं मिनेटमा मार्कुस एसेन्सियोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए भने खेलको २५ औं मिनेटमा नाचोले गोल गर्दै रियललाई २-० को अग्रता दिलाए ।

लगतै खेलको ३४ औं मिनेटमा लुइस सुआरेजले गोल गर्दै ग्रानडालाई २-१ को स्थितिमा ल्याए पनि ५६ औं मिनेटमा भिनियस जुनियर र ७६ औं मिनेटमा फेर्लाण्ड मेन्डिले गोल गर्दै रियललाई ४-१ को जित दिलाए ।

खेलको ६७ औं मिनेटमा मोन्चुले रातो कार्ड पाएपछि ग्रानडा १० खेलाडीमा समेटिएको थियो ।

यस जितसँगै रियल अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । रियलले १३ खेलमा ३० अंक जोडेको छ । ग्रानडा ११ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ६ : ५५ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले