म्यानचेष्टर सिटी र टोटेनहमको जित « Khabarhub

म्यानचेष्टर सिटी र टोटेनहमको जित


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर सिटी र टोटेनहमले जित हात पारेका छन् । आइतबार राति भएका खेलमा सिटीले एभरर्टनलाई ३-० ले पराजित गरेको हो भने टोनेनहमले भने लिड्स युनाइटेडमाथि २–१ को कठिन जित निकाल्यो ।

घरेलु मैदान इतिहादमा सिटीलाई जिताउँन स्टर्लिङ, रोड्री र बर्नाडो सिल्भाले १-१ गोल गरे । खेलको ४४ मिनेटमा स्टर्लिङले गोल गर्दै सुरुआती अग्रता बनाए । ५५ मिनेटमा रोड्रीले बक्स बाहिरबाट दोहोरो अग्रता बनाए । ८६ मिनेटमा सिल्भाले गोल गर्दै टोलीलाई ३-० को जित दिलाए ।

जितसँगै सिटीले लिभरपुललाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा टोटेनहमले लिड्सलाई २–१ ले हराएको छ । टोटेनहमले पुनरामगन जित निकालेको हो । लिड्सका ड्यानिएल जेम्सले ४४ मिनेटमा अग्रता बनाए ।

५८औँ मिनेटमा पिएर एमिलीले गोल गरे । यस्तै सर्जियो रेगुइलोनले खेलको ६९ मिनेटमा गोल गर्दै महत्वपूर्ण ३ अंक दिलाए । जितसँगै प्रशिक्षक एन्टोनियो कोन्टेले प्रिमियर लिगमा जितबाट आफ्नो यात्रा सुरु गरेका छन् ।

प्रिमियर लिगमा १२औँ चरणका खेल सकिँदा २९ अंक जोडेर चेल्सी शीर्ष स्थानमा छ । २६ अंक बनाएको सिटी दोस्रो स्थानमा उक्लियो । लिभरपुल २५ अंकसहित तेस्रो स्थानमा छ । टोटेनहम भने १९ अंक बनाएर सातौँ स्थानमा छ ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : २५ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र