महिला विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै « Khabarhub

महिला विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा अर्को बलियो टोली हङकङको सामना गर्दैछ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङसँग नेपाली समय अनुसार सोमबार बिहान ११ : १५ बजे खेल्नेछ।

६ टोली सहभागी प्रतियोगितामा नेपाल बलियो टोली हो । यद्यपि हङकङ नेपाललाई रोक्ने दाउमा हुनेछ । नेपाल भने प्रतियोगिता जित निकाल्दै सुखद् सुरुआत गर्ने दाउमा हुनेछ ।

यस छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने छ । तेस्रो खेलमा कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । चौथो खेल शुक्रबार मलेसियासँग हुँदा पाँचौ खेल आयोजनक युएईविरुद्ध आइतबार हुनेछ ।

नेपालले पछिल्लो पटक सन् २०१९ मा हङकङसँग खेलेको थियो । जनु खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

प्रतियोगिताको तयारी लागि नेपाली टोलीले बंगलोदशलमा एक हप्ताको तयारी गरेको थियो भने कतारसँग तिन टी–ट्वान्टी शृंखला खेलेको थियो । घरेलु टोली कतारमाथि नेपालले शृंखला ‘क्लिन स्विप’ गरेको थियो ।

नेपाली महिला टोली : रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा, संगीता राई

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ५० बजे

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना

घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु

मुस्ताङ–  ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन २०८३’ आजदेखि यहाँ सुरु भएको

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

राँझा– बाँकेमा आर्थिक वर्ष २०८२-८३ सम्ममा ६०७  हेक्टरभन्दा बढी वनक्षेत्र