महिला विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै « Khabarhub

महिला विश्वकप छनोट : नेपालले हङकङसँग खेल्दै


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली महिला क्रिकेट टोलीले आईसीसी महिला टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया छनोटको पहिलो खेलमा अर्को बलियो टोली हङकङको सामना गर्दैछ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमीमा नेपालले हङकङसँग नेपाली समय अनुसार सोमबार बिहान ११ : १५ बजे खेल्नेछ।

६ टोली सहभागी प्रतियोगितामा नेपाल बलियो टोली हो । यद्यपि हङकङ नेपाललाई रोक्ने दाउमा हुनेछ । नेपाल भने प्रतियोगिता जित निकाल्दै सुखद् सुरुआत गर्ने दाउमा हुनेछ ।

यस छनोटको विजेताले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । छनोट अन्तर्गत नै नेपालले दोस्रो खेल भुटानविरुद्ध मंगलबार खेल्ने छ । तेस्रो खेलमा कुवेतविरुद्ध बिहीबार प्रतिस्पर्धा गर्नेछ । चौथो खेल शुक्रबार मलेसियासँग हुँदा पाँचौ खेल आयोजनक युएईविरुद्ध आइतबार हुनेछ ।

नेपालले पछिल्लो पटक सन् २०१९ मा हङकङसँग खेलेको थियो । जनु खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो ।

प्रतियोगिताको तयारी लागि नेपाली टोलीले बंगलोदशलमा एक हप्ताको तयारी गरेको थियो भने कतारसँग तिन टी–ट्वान्टी शृंखला खेलेको थियो । घरेलु टोली कतारमाथि नेपालले शृंखला ‘क्लिन स्विप’ गरेको थियो ।

नेपाली महिला टोली : रुबिना क्षेत्री बेलबासे (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्याति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा, संगीता राई

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ५० बजे

कङ्गोमा भारी वर्षा, १८ जनाको मृत्यु, ३० भन्दा बढी बेपत्ता

एजेन्सी– पूर्वी डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआरसी)मा भारी वर्षा पछि

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने