कांग्रेस क्षेत्रीय अधिवेशन : गण्डकीका ८ जिल्लामा आज « Khabarhub

कांग्रेस क्षेत्रीय अधिवेशन : गण्डकीका ८ जिल्लामा आज


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आज सोमबार गण्डकीका आठ जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन सुरु हुँदैछ ।

गण्डकीका मनाङ, मुस्ताङ र गोरखामा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । अन्य जिल्लामा आज मनोनयन कार्यक्रम राखिएको छ ।

कास्कीमा क्षेत्रीय अधिवेशनका लागि आइतबार नै मनोनयन दर्ता भइसकेकाले आज मतदान हुँदैछ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा प्यानलसहित चुनाव हुनेछ । कास्की १ मा पूर्वमन्त्री यज्ञबहादुर थापा र जिल्ला सभापति कृष्ण केसीका छुट्टाछुट्टै प्यानल छन् । केन्द्रमा यी दुवै नेता रामचन्द्र पौडेल समूहमा छन् । थापाको टिममा केही सभापति शेरबहादुर देउवा समूहका नेताहरू पनि समेटिएका छन् भने केसीले पुरै आफ्नो मात्रै प्यानल बनाएका छन् ।

कास्की १ सभापतिमा बुद्धिमान गुरुङ र राजेन्द्र मणि लामिछानेबिच प्रतिस्पर्धा हुनेछ । सचिव र सहसचिवमा ४/४ जनाको उम्मेदवारी परेको छ ।

२ मा सभापतिका लागि पुण्डरीप्रसाद बराल र केशरप्रसाद निर्दोषी प्रतिस्पर्धी बनेका छन् । ३ को सभापतिका तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङ र कांग्रेस नेता खिमलाल बास्तोला प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १० : ३० बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले