१८ वर्षमाथिका सबैलाई खोप लगाइँदै « Khabarhub

१८ वर्षमाथिका सबैलाई खोप लगाइँदै


६ मंसिर २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । यसअघि विभिन्न उमेर समूह र जोखिममा रहेकालाईमात्र खोप लगाइएको थियो । अब १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाइने भएको हो ।

खोपको आयात पर्याप्त भएकाले सबैलाई नियमित खोप लगाउन थालिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै आगामी चैत मशान्तसम्म सबै लक्षित सूमहलाई खोप लगाइसक्ने लक्ष्यअनुसार १८ वर्षमाथिका सबैलाई नियमित खोप लगाउन सुरु गरिएको जनाएको छ ।

आगामी पुस मशान्तसम्म लक्षित समूहका २ तिहाइलाई खोप लगाइसक्ने सरकारले लक्ष्य लिएको छ ।
हालसम्म कूल जनसङ्ख्याको ३० प्रतिशतलाई पहिलो डोज र २६ प्रतिशतलाई दोस्रो डोज प्रदान गरिएको छ।

काठमाडौँमा नियमित खोपका लागि छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, नक्सालस्थित नेपाल प्रहरी अस्पताल, कलङ्कीस्थित शहीद मेमोरियल अस्पताल, बल्खुस्थित बयोधा अस्पताल, गोगंबुस्थित नयाँ बसपार्कस्थित लोत्से भवन र जडीबुडीको जडीबुडी प्रशोधन केन्द्रमा नियमित खोप प्रदान गरिने भएको छ।

यस्तै देशका अन्य जिल्लाहरुमा नजिकको स्वास्थ्य संस्था तथा वडा कार्यालयमा सम्पर्क गर्न मन्त्रालयले सूचना जारी गरेको छ । भेरोसेल र एस्ट्राजेनेकाको खोप लगाइने भएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : ३३ बजे

आईफोनको पारिवारिक कलह ? महाराष्ट्रमा तीन जनाको मृत्यु प्रकरणमा नयाँ रहस्य

भारतको महाराष्ट्रमा एउटै परिवारका तीन जनाको मृत्यु भएको घटनाले नयाँ

बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

काठमाडौँ– विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई

अमेरिकाको चेतावनी : नेपालमा अचानक प्रदर्शन हुन सक्छ, सचेत रहनू

काठमाडाैँ– अमेरिकी विदेश मन्त्रालयले नेपालमा यात्रा गर्ने आफ्ना नागरिकलाई विशेष

मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु

मुस्ताङ– जिल्लाको स्याउ बगैँचामा धमाधम छिटो पाक्ने स्याउको ‘पोस्ट हार्भेस्ट’

म्याग्दीको रघुगङ्गामा व्यावसायिक चौँरीपालन सुरु

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका किसानले व्यावसायिक चौँरीपालन सुरु गरेका