विश्वभर एकैदिन थपिए करिब साढे ७ लाख कोरोना संक्रमित | Khabarhub Khabarhub

विश्वभर एकैदिन थपिए करिब साढे ७ लाख कोरोना संक्रमित


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर थप ७ लाख ३३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार पछिल्लो २४ घण्टामा ५ लाख ७९ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९२० संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो एक दिनमा अमेरिकामा मात्रै एक लाख ७३ हजार ४८२ जनामा कोरोना संक्रमण पाइएको छ ।

त्यसैगरी बेलायतमा ९० हजार ६२९, फ्रान्समा ७२ हजार ८३२, स्पेनमा ४९ हजार ८२३, जर्मनीमा ३५ हजार ४९, रुसमा २५ हजार ९०७ र टर्कीमा १९ हजार ८५९ जना थपिएका छन् ।

निको हुनेमा जर्मनीमा ६५ हजार ५००, अमेरिकामा ६३ हजार ४३२, फ्रान्समा ४९ हजार ३८६, बेलायतमा ४६ हजार ५५७, रुसमा ४० हजार २१९ र टर्कीमा २५ हजार ५३२ जना छन् ।

हालसम्म विश्वभर कुल संक्रमितको संख्या २७ करोड ६५ लाख ५३ हजार २७० पुगेको छ । तीमध्ये २४ करोड ७९ लाख ९८ हजार ३७ जना निको भइसकेका छन् भने ५३ लाख ८४ हजार ४१४ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ६ : ४५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका