कपिल देव बन्न रणवीरलाई २० करोड पारिश्रमिक « Khabarhub

कपिल देव बन्न रणवीरलाई २० करोड पारिश्रमिक


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड हंगामा)– निर्देशक कबीर खान निर्देशित फिल्म ‘८३’ रिलिजको संघारमा छ । जसकारण यो फिल्मप्रति चासो राख्ने दर्शकमाझ एउटा छुट्टै उत्साह देखिएको छ ।

भारतले सन १९८३ जितेको विश्वकप क्रिकेटको कथा वरपर रहेर निर्माण गरिएको फिल्ममा अभिनेता रणवीर सिंह प्रमुख भूमिकामा छन् । फिल्म डिसेम्बर २४ मा टुडी र थ्रीडीमा रिलिज हुँदैछ ।

समाचारअनुसार फिल्मका लागि रणवीरले २० करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । किनकी उनी बक्सअफिसका भरोसायोग्य अभिनेता हुन् । ‘२० करोड पारिश्रमिकका अलावा रणवीरले निर्माताबाट फिल्मको नाफाको पनि शेयर मागेका छन् । यद्यपि शेयर कति प्रतिशत हो भन्ने केही खुलाइएको छैन’, स्रोतले भनेको छ ।

यो फिल्म १ सय २५ करोडमा निर्माण भएको हो । फिल्ममा रणवीर सिंहका अलावा दीपिका पादुकोण, ताहिर राज भसीन, जीवा, साकिब सलीम, जतिन सरना, चिराग पाटिल, दिनकर शर्मा, निशांत दहिया, हार्डी संधू, साहिल खट्टर, अम्मी विर्क, आदिनाथ कोठारे, धैर्य करवा, आर बद्री र पंकज त्रिपाठीको अभिनय छ ।

फिल्मको निर्माण दीपिका पादुकोण, कबीर खान, विष्णु वर्धन इंदुरी, साजिद नाडियाडवाला, फेन्टम फिल्म्स, रिलायन्स एन्टरटेनमेन्ट मिलेर गरेका हुन् ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ११ : ३० बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो