इलामकै पहिलो आँखा अस्पताल सञ्चालनमा | Khabarhub Khabarhub

इलामकै पहिलो आँखा अस्पताल सञ्चालनमा


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम जिल्लामा पहिलो पटक आँखा अस्पताल स्थापना गरेर सञ्चालनमा ल्याइएको छ ।

इलाम नगरपालिकाले स्थापना गरेको इलाम समुदायिक आँखा अस्पतालको बुधबार उद्घाटनसंगै सेवा सुरु भएको हो ।

जिल्लामा आँखा अस्पताल नहुँदा आँखाका सामान्य बिरामीले पनि जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । सदरमुकाममा सामुदायिक आँखा अस्पताल स्थापना भएपछि सामान्य सेवा लिनको लागि पनि जिल्ला बाहिर धाउनुपर्ने बाध्यता हटेको छ । इलाममा स्थापना भएको सामुदायिक आँखा अस्पताल स्थानीय तहले सञ्चालन गरेको देशकै पहिलो अस्पताल रहेको बताइएको छ ।

अस्पताल निर्माण सुरु भएको आठ महिनाको अवधिमा सेवा सुरु भएको हो । अस्पताल निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा इलाम नगरपालिकाले रकमान्तर गरेर ५० लाख रुपैयाँ जुटाएको थियो । चालू आर्थिक वर्षमा भने एक करोड रुपैयाँ विनियोजन भएको छ ।

विनियोजित रकममध्ये ५७ लाख ९० हजार रुपैयाँ खर्च भएको छ । त्यसमध्ये ५३ लाख २४ हजार रुपैयाँ पुँजीगतमा र चार लाख ६५ हजार रुपैयाँ सञ्चालनमा खर्च भएको आँखा अस्पताल सञ्चालक समितिका कोषाध्यक्ष विद्या सापकोटाले जानकारी दिइन् ।

नगरपालिकाले सिहबाहिनी खोल्सीलाई व्यवस्थित गरेर निस्किएको ठाउँमा आँखा अस्पतालका लागि भवन निर्माण गरेको छ । सामुदायिक आँखा अस्पतालका लागि हाल ६ कोठा भएको एकतले भवन निर्माण गरिएको छ । आँखा अस्पतालको लागि आवश्यक भवन बनाउनसमेत जग्गाको ब्यवस्था गरिएको इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

‘रत्न वान्तवाको समाधिस्थलभन्दा माथि र निर्माणाधिन जनकदेव चोकभन्दा मुनिको जग्गा यो आँखा अस्पतालको लागि छुट्याएका छौ’, नगर प्रमुख बस्नेतले भने, ‘अस्पतालाई चाहिने भौतिक पूर्वाधार निर्माण गर्न यो जग्गा पर्याप्त नै हुन्छ ।’ प्रमुख बस्नेतले नगरपालिकाले छुट्याएकोमध्येबाट बचेको रकमसमेत आँखा अस्पतालको भौतिक र गुणस्तर वृद्धिका लागि खर्चिने जानकारी दिए ।

नगरपालिकाले सामुदायिक आँखा अस्पताल सञ्चालन र ब्यवस्थापनको लागि स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरेर छुट्टै कार्यविधि जारी गरेको छ ।

कार्यविधिले नगरपालिकाकी उपप्रमुखको अध्यक्षतामा सञ्चालन समिति गठन हुने व्यवस्था गरेको छ । सोही कार्यविधिकै आधारमा अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गरिएको अस्पताल ब्यवस्थापन समितिकी अध्यक्ष सुशीला नेम्बाङले जानकारी दिइन् । ‘इलाममा आँखा अस्पताल टिकाउन निकै चुनौती छ’, उपप्रमुख नेम्वाङले भनिन्,‘हामी बढी कसरत गरेर भए पनि गुणस्तरीय सेवा दिने पक्षमा छौ ।’

सामुदायिक आँखा अस्पतालमा अहिले शल्याक्रियाबाहेकको सेवा उपलब्ध छ । आखाको जनरल ओपिडी, जनरल उपचार, सामान्य अप्रेसन, चस्मा बनाउने लगायतको सेवा दिइनेछ । सामुदायिक आँखा अस्पतालमा सातौ तहको एकजना नेत्र विषेशज्ञ, पाँचौ तहको एकजना नेत्र सहायक, एकजना फार्मेसिष्ट र एकजना चस्मा बनाउने प्राविधिक कार्यरत छन् ।

सामुदायिक आँखा अस्पतालले अहिले विर्तामोड आँखा अस्पतालसंग सहकार्य गर्ने भएको छ । आखा अस्पतालको सहकार्यमा समय समयमा शल्यक्रियाको समेत सुविधा दिइने नगरपालिका प्रमुख महेश बस्नेतले बताए ।

‘शल्याक्रिया गर्नुपर्ने बिरामीको स्क्रिनिङ गरेर निश्चित समयमा यही शल्यक्रिया पनि गराउनेगरी साझेदारी भएको छ’, प्रमुख बस्नेतले भने, ‘शल्यक्रियाका लागि चाहिने औजार उपकरण पनि हामीले खरिद नगरेसम्म उहाँहरूले नै व्यवस्था गर्नुहुन्छ ।’

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  २ : ५५ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द