राप्रपा नवनिर्वाचित अध्यक्ष लिङ्देनसँग अमेरिकी कूटनीतिज्ञको भेट « Khabarhub

राप्रपा नवनिर्वाचित अध्यक्ष लिङ्देनसँग अमेरिकी कूटनीतिज्ञको भेट


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्दनेसँग काठमाडौँस्थित अमेरिकी राजदूतावासका राजनीतिक उप काउन्सिलर मार्क टेम्लरले भेटवार्ता गरेका छन् ।

भेटमा टेम्पलरले हालै सम्पन्न पार्टीको महाधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा अमेरिकी दूतावासको तर्फबाट लिङ्देनलाई बधाई एवं शुभकामना दिएका छन् ।

सो क्रममा अध्यक्ष लिङ्देनले लोकतन्त्र, उदारवाद, विधिको शासन, मानवअधिकार, प्रेस स्वतन्त्रता, धार्मिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रताप्रति राप्रपा प्रतिबद्ध रहेको उल्लेख गरेको राप्रपा नेता मोहन श्रेष्ठले जानकारी दिएका छन् । भेटमा अमेरिकासँगको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने लगायतका विविध विषयमा छलफल भएको छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ५ : ५८ बजे

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

लोक तथा दोहोरी गीत प्रतिष्ठानको नेतृत्वमा पशुपति शर्मा, अध्यक्षमा निर्विरोध

काठमाडौं– लोक तथा दोहोरी गीतको क्षेत्रमा लोकप्रिय गायक पशुपति शर्मा

महाकालीको भत्किएको झोलुङ्गे पुल पुनर्निर्माण गर्न लेखकको सरकारसँग आग्रह

कञ्चनपुर– नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक महाकाली नदीमाथिको

नेपाल विज्ञापन संघद्वारा ‘कृति इग्नाइट’मार्फत १३औँ कृति अवार्ड्सको उद्घाटन

काठमाडौं– नेपाल विज्ञापन संघ (आन) ले आयोजना गरेको रेडबुल १३औँ