केन्द्रिकृत एसएमएस गेटवे सुरु (भिडियो) « Khabarhub

केन्द्रिकृत एसएमएस गेटवे सुरु (भिडियो)


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले केन्द्रिकृत एसएमएस गेटवे कार्यक्रमको शुभारम्भ गरेको छ ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले केन्द्रिकृत एसएमएस गेटवे कार्यक्रमको शुभारम्भ गरे । सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले सूचना र प्रविधिसँग लक्षित वर्गलाई जोडेर राज्यले प्रदान गर्ने सेवा उपलब्ध गराउनु अहिलेको आवश्यकता भएको बताए ।

उनले लक्षित वर्गले त्यसबाट लाभ लिएको छ कि छैन भन्नेतर्फ गम्भीरतापूर्वक विश्लेषण गर्नुपर्नेसमेत उल्लेख गरे । उनले उक्त कार्यक्रमको दुई–तीन महिनामा विश्लेषण गरी त्यो क्षेत्र कति प्रभावित भयो र समाज कति लाभान्वित भयो भन्ने समीक्षा गरेर अघि बढ्न निर्देशन दिए ।

‘एसएमएस गेटवे’ को शुभारम्भसँगै सञ्चालकका तर्फबाट सूचना प्रविधि विभाग, एसएमएस सेवा प्रदायकका तर्फबाट नेपाल टेलिकम र एनसेल साथै सो सेवा प्रयोगकर्ताका तर्फबाट महान्यायाधिवक्ताको कार्यालय, यातायात व्यवस्था विभाग, श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेशबीच (त्रिपक्षीय) सम्झौता भएको छ ।

हाल प्रति एसएमएसवापत सरकारी निकायले रु एक रुपैयाँ ५० पैसा शुल्क तिर्दैै आएकामा यो प्रणाली लागू भएपछि प्रति एसएमएस २० पैसा मात्र शुल्क लाग्ने विभागको भनाइ छ ।

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ८ : २५ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार