अर्थतन्त्रका नकारात्मक सूचकमा गभर्नरको ‘डिफेन्स’ « Khabarhub

अर्थतन्त्रका नकारात्मक सूचकमा गभर्नरको ‘डिफेन्स’


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्थतन्त्रका सूचक नकारात्मक बन्दै गएसँगै आलोचना बढ्न थालेपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अवस्था विग्रिनसकेको भन्दै प्रतिरक्षा गरेका छन् ।

गभर्नर नियुक्ति भएको २१ महिनापछि पहिलोपटक आर्थिक पत्रकारहरुसँग अन्तर्क्रिया गर्दै गभर्नर अधिकारीले उच्च आयातका कारण व्यापारघाटा बढे पनि देशको विदेशी मुद्रा संचिती तथा रेमिट्यान्सको आप्रवाह भने सामान्य अवस्थामा नै रहेको दाबी गरे ।

पछिल्लो समयमा व्यापारघाटा, शोधानान्तर स्थिती, वैदेशिक मुद्रा संचिती, रेमिट्यान्स आप्रवाहलगायतका सूचकहरु नकारात्मक बन्दै गएपछि अर्थमन्त्री जनादर्न शर्मा र गभर्नर अधिकारीको आलोचना भइरहेको छ ।

अर्थमन्त्री शर्माले पनि सोमबार अर्थतन्त्र सामान्य अवस्थामा रहेको दाबी गरेका थिए ।

बुधबारको कार्यक्रममा गभर्नर अधिकारीले तरलता अभावको मूख्य कारण बैंकहरुको निक्षेप संकलन र कर्जा लगानीको असन्तुलन रहेको बताए । तरलता अभाव हटाउनका लागि राष्ट्र बैंकले विभिन्न कामहरु गरिरहेको बताउदै त्यसबाट समस्या समाधान हुने बताए ।

गभर्नर अधिकारीले विभिन्न विलासी बस्तुको आयातमा निरुत्साहित गर्ने नीति लिएको र यसले सकारात्मक प्रभाव पार्ने दावी गरे ।

नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गरी विभिन्न १८ वटा बस्तुहरुको आयातमा बस्तु हेरेर शत प्रतिशत वा ५० प्रतिशत नगद मार्जिन राख्ने व्यवस्था गरेको छ ।

गभर्नर अधिकारीले रेमिट्यान्स वास्तवमा घटेको नभएर गत सालसँगको तुलनामा केही घटेपनि कोभिड अगाडीको तुलनामा नघटेको दावी गरे । यसैगरी वैदेशिक मुद्रा संचिती पनि कोभिड अगाडीकै अवस्थामा रहेको जानकारी दिए ।

 

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  ९ : २५ बजे

अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै लगातार दोस्रो विश्वकप फाइनलमा

काठमाडौं- साविक विजेता अर्जेन्टिनाले इङ्ग्ल्यान्डलाई २–१ ले पराजित गर्दै लगातार

विद्यालयमा आइतबार बिदा दिने निर्णय पुनः विचार गर्न आग्रह

काठमाडौं – सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले आइतबार विद्यालयमा

दुई थान चोरीको स्कुटरसहित एकजना पक्राउ

काठमाडौं – दुई थान चोरीको स्कुटरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको

सम्पत्ति छानबिन आयोगको काम अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सम्पत्ति छानबिन आयोगलाई कसैको पनि सम्पत्ति छानबिन नगर्न

गिद्ध संरक्षणसँगै पर्यटकीय र अध्ययन केन्द्रका रूपमा विकसित हुँदै जटायु रेष्टुरेन्ट

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिकास्थित नमूना मध्यवर्ती