मलेसियामा बाढीबाट २७ को मृत्यु, ७० हजार जना विस्थापित « Khabarhub

मलेसियामा बाढीबाट २७ को मृत्यु, ७० हजार जना विस्थापित


७ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वाललम्पुर– मलेसियामा हालै आएको बाढीबाट कम्तीमा पनि २७ जनाको ज्यान गएको छ । सो बाढीमा परी अरु ७० हजार जना विस्थापित भएका बताइएको छ ।

अल जजिराका अनुसार बाढीबाट सबैभन्दा धेरै सेलंगार राज्य प्रभावित भएको छ । सो राज्यमा बाढीका कारण कम्तिमा २० जनाको मृत्यु भएको छ । यस्तै पेहांग राज्यमा ७ जनाको मृत्यु भएको छ ।

हालै मलेसियामा आएको बाढीले धेरै नागरिक प्रभावित भएका समाचारमा उल्लेख गरिएको छ ।

मंगलबार यहाँ ९ जनाको ज्यान गएको बताइएको हो । बाढीमा परी हराइरहेका उनीहरुको शव भेटिएको यहाँका उद्धार सम्बन्धी अधिकारीहरुले जानकारी दिएका छन् ।

यहाँका सात राज्यमा नै बाढीले क्षति भएको छ । बाढीका कारण यहाँका आधारभूत सेवामा पनि क्षति पुगेको बताइएको छ । क्षतिको विस्तृत विवरण आइन नसकेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । एजेन्सी

प्रकाशित मिति : ७ पुस २०७८, बुधबार  १० : ५५ बजे

कास्कीमा उम्मेदवारी छनोटमा दलहरू व्यस्त

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

स्वस्थानीका व्रतालु परदेश यात्रामा, पशुपतिमा पूजा (तस्बिरहरू)

काठमाडौं– एक महिने स्वस्थानी व्रत अनुसार व्रतालुहरूले परदेश यात्रा अन्तर्गत

गगन र निर्वाचन आयोगविरुद्ध मुद्दा लिएर सर्वोच्चमा देउवा पक्ष

काठमाडौं- दोस्रो विशेष महाधिवेशनबाट सभापति गगन थापा र निर्वाचन आयोगविरुद्ध

नेपालगन्जमा चौथो मःम महोत्सव सुरु

नेपालगन्ज– विभिन्न दुई सय प्रकारका मःमको स्वाद प्राप्त गर्ने गरी

सिंहदरबारमा बस्यो राष्ट्रियसभा बैठक (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलपछि