होम प्रोडक्सनबाट अलग्गिए महेश भट्ट « Khabarhub

होम प्रोडक्सनबाट अलग्गिए महेश भट्ट


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बलिउड फिल्म निर्माता महेश भट्ट होम प्रोडक्सन विशेष फिल्मबाट अलग्गिएका छन् ।

उनका भाई मुकेश भट्टले दाइ महेशले विशेष फिल्मको क्रिएटिभ कन्सल्टेन्ट पदबाट राजीनामा दिएको पुष्टि गरेका छन् ।

उनले दाजुभाईबीच कुनै पनि किसिमको झगडा नरहेको बताएका छन् । अब यो ब्यानर मुकेशका छोरी साक्षी र छोरा विशेषले चलाउेछन् ।

‘महेश विशेष फिल्मस्बाट बाहिरिएका छैनन् । यो स्पष्ट रुपमा बुझ्नुहोस् । कम्पनी विशेष फिल्मस् मेरो हो । निर्देशन छोडेपछि पनि मेरो दाइ यसमा कैयौं प्रोजेक्टका लागि क्रिएटिभ कन्सल्टेन्टका रुपमा काम गरिरहेको थियो । यदि मलाई कुनै फिल्ममा उसको आवश्यकता पर्यो भने ऊ आफ्नो क्रिएटिभ देखाउन उपस्थित हुनेछ । हाम्रो झगडा भएको छैन । तर उनी अब क्रिएटिभ कन्सल्टेन्टको पदमा बस्न चाहदैनन्’, मुकेशले भनेका छन् ।

मुकेशले छोरी साक्षी र छोरा विशेषले कम्पनीको विरासत थाप्ने खुलाए । ‘उनीहरुसँग धेरै राम्रा अवधारणा छन् । उनीहरुको अनुभवलाई गाइड गर्नका लागि म जहिल्यै सँगै हुन्छु । अबको समय फिल्म निर्माणमा मेरा सन्तानलाई अगाडि बढाउने हो । जसलाई लिएर म धेरै आशावादी छु’, उनले भनेका छन् ।

विशेष फिल्मस्को व्यानरबाट बनेको पछिल्लो रिलिज फिल्म ‘सडक २’ थियो । जसको निर्देशक महेश भट्ट थिए । महेशले करिब २४ वर्ष पछि कम्पनीसँग सहकार्य गरेका थिए । उनले विशेष फिल्मस्को व्यानरबाट १९९६ मा ‘दस्तक’सहित कैयौं फिल्म निर्देशन गरेका थिए ।

यो कम्पनीले ‘डेडी’, ‘आशिकी’, ‘सडक’, ‘दुश्मन’, ‘राज’, ‘मर्डर’, ‘जहर’, ‘ग्याङस्टार’ र ‘जन्नत’ जस्ता फिल्म निर्माण गरेको थियो ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ११ : ०२ बजे

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा

केरुङमा पुनर्स्थापना तीव्र : पहिरो प्रभावितहरू फर्किन थाले घर

काठमाडौं- चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्यिरोङ) क्षेत्रमा पहिरो प्रभावित

रविको दुःख : अराजक बनेका रास्वपा कार्यकर्तालाई निर्देशन दिन संसद्‌कै मञ्चमा पुग्नु पर्‍यो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद्

दक्षिण कोरिया–जापान सहकार्य विस्तार गर्न इसिबाको जोड

सियोल- जापानका पूर्वप्रधानमन्त्री सिगेरु इसिबाले दक्षिण कोरिया र जापानले रक्षा, कृत्रिम