पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग ओलीले भने, ‘विगतमा जस्तो नेतृत्वबाट धोका हुने छैन’ « Khabarhub

पूर्वजनमुक्ति सेनाका कमाण्डरहरुसँग ओलीले भने, ‘विगतमा जस्तो नेतृत्वबाट धोका हुने छैन’


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन विद्रोही माओवादीका जनमुक्ति सेनाका कमाण्डरहरुसँग छलफल गरेका छन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्व लडाकु कमाण्डरहरुसँग ओलीले छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्थ थापाले जानकारी दिए।

भेटका क्रममा ओलीले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ। नेतृत्वले तपाइँहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ। यसरी आइरहँदा तपाइँहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं। नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन।’

ओलीलाई भेट्न तत्कालीन नेकपा (माओवादी) ले सञ्‍चालन गरेको सशस्त्र युद्धका केही कमाण्डरहरु बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपतिले  प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा विभाजित छ ।

ओली समूह र दाहाल-नेपाल समूहले आ-आफ्ना गतिविधिलाई तीव्रता दिँदै आएका छन् । उनीहरु दुबै पक्ष अहिले कार्यकर्ता तानातानमा जुटेका छन् ।

‌प्रतिनिधसभा विघटन ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै दाहाल-नेपाल समूह सडक संघर्षमा छ भने ओली समूहले तोकिएको समयमा चुनाव हुने भन्दै नेता तथा कार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिँदै भेला तथा प्रशिक्षणका कार्यक्रम गर्दै आएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ५ : ५४ बजे

रविलाई भेटेका नेता भन्छन् : सोमबार नै प्रधानमन्त्रीले यति गरेको भए देशले क्षति भोग्नुपर्ने थिएन

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा आइतबारदेखि चर्किएको तनावले पाँच दिनसम्म देशभर संकट

देवानगञ्ज घटनाका घाइतेलाई भेट्न अस्पताल पुगे गृहमन्त्री (तस्बिरहरू)

सुनसरी – सुनसरीको देवानगञ्जमा भएको घटनामा घाइते भएकाहरूलाई भेट्न गृहमन्त्री

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था