सहिद सप्ताह : शुक्रराज शास्त्रीको स्मरण गर्दै पचलीमा श्रद्धाञ्जली सभा | Khabarhub Khabarhub

सहिद सप्ताह : शुक्रराज शास्त्रीको स्मरण गर्दै पचलीमा श्रद्धाञ्जली सभा


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँको टेकु पचलीमा रहेको सहिद शुक्रराज शास्त्रीको सालिकमा श्रद्धाञ्जली अर्पण गर्दै सहिद सप्ताह सुरु गरिएको छ ।

शनिबार सहिद शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा उनको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली सभा गर्दै यस वर्षको सहिद सप्ताहको सुरुवात गरिएको हो ।

हरेक वर्ष काठमाडौँ महानगरपालिकाले सहिद सप्ताह मनाउने गरेको छ ।

शुक्रराज शास्त्री जहानियाँ राणा शासनको विरुद्ध लड्ने चार सहिदमध्ये एक हुन् ।

शास्त्रीको श्रद्धाञ्जली सभा गरिएको यो स्थानलाई वि. सं. २०३५ सालमा तत्कालीन काठमाडौ नगर पञ्चायतले शिलालेख राखी संरक्षण सुरु गरेको हो।

श्रद्धाञ्जली सभामा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्‍याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र आउन सकेको धारणा राखे।

‘उहाँहरुलाई शासकले चाहेको जति सम्पत्तिको प्रस्ताव गरेका थिए। तर, उहाँहरुले व्यक्तिगत लाभभन्दा नागरिकको स्वतन्त्रता र मानव अधिकारको पक्षलाई ठूलो मान्नुभयो। त्यसकोे लाभ अहिले हामी सबैले भोग गरिरहेका छौं’, मेयर शाक्यले थप्दै भने, ‘शहीदहरुको योगदान चीरकालसम्म चर्चामा हुनेछ।’

श्रद्धाञ्जली सभामा महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल, वडाध्यक्षहरु, नगर कार्यपालिका सदस्य तथा वडा सदस्य, कर्मचारी र जनसाधारणको उपस्थिति थियो।

सहिद सप्ताह अन्तर्गत माघ १३ गते सहिद धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थान सिफलमा, माघ १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जली सभा हुनेछ ।

त्यसैगरी माघ १६ गते शान्ति बाटिकाबाट प्रभातफेरी निकालेर सहिद स्मारक लैनचौर पुगी सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली सभा गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ६ : ३२ बजे

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले

फ्रान्सको कब्जामा रहेको न्यू क्यालेडोनिया टापूमा हिंसात्मक प्रदर्शन

काठमाडौं– फ्रान्सबाट १६ हजार किलोमिटर टाढा दक्षिण प्रशान्त महासागरमा रहेको