नेकपाको संकट नै प्रचण्ड हुन्, उनले निवासलाई ‘गुटको हेडक्वार्टर’ बनाए : मन्त्री ज्ञवाली « Khabarhub

नेकपाको संकट नै प्रचण्ड हुन्, उनले निवासलाई ‘गुटको हेडक्वार्टर’ बनाए : मन्त्री ज्ञवाली


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल कम्युनस्ट पार्टीको संकट नै पुष्पकमल दाहाल ‘प्रचण्ड’ भएको बताउँदै उनले आफ्नो निवासलाई ‘गुटको हेडक्वार्टर’ बनाएको आरोप लगाएका छन्।

नेपाल कम्युनिष्ट पार्टी रेसुङ्गा नगरकमिटी (ओली समूह) ले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेडक्वार्टर बनाएको आरोप लगाएका हुन ।

दाहाल-नेपाल समूहले सरकारलाई चौतर्फीमा पारेको तथा पदका लागि अनेक षड्यन्त्र रचेकै कारण प्रधानमन्त्री ओली प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताए । उनले प्रचण्डले दर्ता गरेको ‘आरोप पत्र’का कारण पनि यो अवस्था आएको उनले जिकिर गरे ।

सरकारले राम्रो काम गर्ने अवसर नपाएका कारण ताजा जनादेशमा जानुको विकल्प नरहेको उनले बताए।

 

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ८ : ०५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको