संसद विघटनको विषयमा कांग्रेसभित्र कुनै ‘फरक मत’ छैन : नेता पौडेल « Khabarhub

संसद विघटनको विषयमा कांग्रेसभित्र कुनै ‘फरक मत’ छैन : नेता पौडेल


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ससंद विघटनको विषयमा कांग्रेस एउटै लाइनमा रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग नेता पौडेलले कांग्रेसले चुनाव बहिष्कार गर्ने भनेको नभइ संविधानमा टेकेर चुनावमा जान चाहेको बताए ।

उनले प्रधानमन्त्रीको प्रतिगामी र संविधानविरोधी कदम सच्याउनुको विकल्प नरहेको बताए ।

नेता पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय राष्ट्रघाती भएको बताउँदै उनले भने, ‘मेरो राजनीतिक निर्णय भन्नु हुन्छ केपी ओली । यो राजनीतिक निर्णय राष्ट्रलाई जोगाउन हो कि ध्वस्त पार्न हो मेरो प्रश्न छ ?’, उनले भने, ‘राष्ट्रघाती निर्णयलाई जनता र अदालतले किन मान्ने ?’

संसद विघटन अलोकतान्त्रिक, प्रतिगामी, असंवैधानिक र सर्वसत्ताबादतिर जान लाग्यो भन्ने कांग्रेसको निर्णय भएकाले सरकारमा जानेबारे कोही व्यक्ति विशेषले दायाँबायाँ गर्न नपाउने बताए ।

नेता पौडेलले प्रदेश–१ मा आफ्नो पार्टीले प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताए ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  ९ : २८ बजे

निर्वाचन गर्ने परीक्षाबाट उत्तीर्ण भएर अगाडि बढ्नुको विकल्प छैन : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सरकारसँग तोकिएकै

सर्वोच्चकै आदेशविरूद्ध अर्थमन्त्री, न्यायको पर्खाइमा ओझा

काठमाडौं– शरद ओझालाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेपाल बिमा

पुसको जाडोमा साँझ परेपछि एमालेमा मतदान (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११ औं महाधिवेशन भृकुटीमण्डपमा मतदानका लागि प्रतिनिधिहरू

पुस ११ देखि चितवनमा हात्ती तथा पर्यटन महोत्सव

काठमाडौं– चितवनको सौराहामा यही पुस ११ देखि १३ गतेसम्म १९औँ