२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ? « Khabarhub

२४ घण्टामा कुन जिल्लामा कति कोरोना संक्रमित थपिए ?


१० माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ लाख ६९ हजार १ सय ८० पुगेको जनाकारी दिएको छ ।

जसमा पछिल्लो २४ घण्टामा २ सय ३२ संक्रमित थपिएका हुन । मन्त्रालयका अनुसार हाल ३ हजार ४५२ जना सक्रिय संक्रमित छन्।

२४ घण्टामा थपिएका कोरोना संक्रमितमध्ये प्रदेश २ को धुनषामा १, बारामा १, महोत्तरीमा १, रौतहटमा १ र सर्लाहीमा २ जना रहेका छन ।

यसैगरी बागमती प्रदेशको काठमाडौंमा ८०, काभ्रेमा २, चितवनमा ४३, दोलखामा १, धादिङमा २, भक्तपुरमा ९, मकवानपुरमा १, ललितपुरमा २० र सिन्धुपाल्चोकमा ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशको कास्कीमा १७, गोरखामा २, नवलपरासीमा पूर्वमा ४, बागलुङमा १ र स्याङजामा १ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ४, नवलपरासीमा ३, पाल्पामा ८, प्यूठानमा १, बाँकेमा ८, बर्दियामा १ र रुपन्देहीमा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेशको कैलालीमा १ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ र कर्णाली प्रदेशमा कुनै पनि संक्रमित नभेटिभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०७७, शनिबार  १० : ५० बजे

मनिष झाको कटाक्ष : हिजो उम्मेदवारी दिने, आज फिर्ता लिने, यस्तो आलोकाँचो राजनीति नगर्नू

काठमाडौं–  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता मनिष झाले सशक्त राजनीति गर्ने

विपिनलाई सघाउँदै रञ्जुले पनि फिर्ता लिइन् उम्मेदवारी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री रञ्जु दर्सनाले पनि उम्मेदवारी फिर्ता

रास्वपा महाधिवेशनमा रमेश प्रसाईंले नचाए सांसददेखि मन्त्रीलाई

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा राजनीतिक गतिविधिसँगै

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

बाँके– डुडुवा गाउँपालिका–६ बल्दीपुरुवाका नन्दराम मौरियाले व्यावसायिक रूपमा पिँडालुखेती गर्दै आएका

गणेश पराजुलीको टिप्पणी : साथीहरूले आफ्नो रुप र चरित्र देखाउनु भयो

काठमाडौं- महामन्त्री पदका लागि विपिन आचार्यलाई समर्थन गरेका नेता गणेश