माल्दिभ्समा भित्रिए यस वर्षकै धेरै पर्यटक « Khabarhub

माल्दिभ्समा भित्रिए यस वर्षकै धेरै पर्यटक


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 एजेन्सी- माल्दिभ्समा सोमबार यस बर्षकै सवैभन्दा धेरै पर्यटक भित्रिएका छन् ।

स्थानीय सञ्चारमाध्यमहरुले सार्वजनिक गरेको विवरण अनुसार सोमबार माल्दिभ्समा पाँच हजार १०० पर्यटक भित्रिएका हुन् । यो सङ्ख्या सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै रहेको पनि अधिकारीहरूले जनाएका छन् ।

मालदिभ्समा कोरोनाभाइरसको महामारीभन्दा अगाडि औसतमा दैनिक पाँच हजार पर्यटक आउने गरेका थिए । तर कोरोनापछि अहिले औसतमा दैनिक तीन हजार पर्यटक भित्रिने गरेको तथ्याङ्क छ ।

टापूहरूको देश माल्दिभ्समा जनवरी १ देखि फेब्रुअरी २० सम्म एक लाख ६० हजार पर्यटक भित्रिएका छन् । तीमध्ये प्रायः भारत, रूस, युक्रेन, काजकस्थानलगायतका देशबाट आएको पाइएको छ ।

यस बर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक स्वदेश भित्र्याउने लक्ष्य लिइएको पर्यटन मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ६ : २५ बजे

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको

उत्तर कोरियाली क्षेप्यास्त्रपछि सैन्य अभ्यास सम्पन्न

सोल- उत्तर कोरियाले करिब १० वटा छोटो दूरीका ब्यालेस्टिक क्षेप्यास्त्र

धनगढीमा शिक्षा संवाद : ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’

सुदूरपश्चिम- शिक्षा क्षेत्रसँग सम्बन्धित निकायका प्रतिनिधिहरूले विद्यालयमा शिक्षक तथा कर्मचारीका

आफ्ना लागि ३० लाख धरौटी बसिदिएका मनोहरलाई रविले बनाए रास्वपा कोषाध्यक्ष

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो सहकारी