‘पुष्पा’मा अल्लूको घण्टौं मेकअप | Khabarhub Khabarhub

‘पुष्पा’मा अल्लूको घण्टौं मेकअप


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–दक्षिण भारतीय फिल्म स्टार अल्लू अर्जुन हालका दिनमा आफ्नो फिल्म ‘पुष्पा’मा व्यस्त छन् । यो फिल्मको पहिलो सुटिङ तालिका पुरा गरेपछि निर्माण युनिट दोस्रो तालिकाको तयारीमा छ ।

फिल्ममा अल्लू एक लरी चालकको भूमिकामा छन् । यसका लागि उनको लुक्स ‘रफ एण्ड टफ’ बनाइएको छ । अल्लू ‘स्टाइलिश स्टार’का रुपमा परिचित भए पनि यो फिल्ममा भने उनी फरक देखिँदैछन् ।

फिल्ममा फिट देखिनका लागि उनले मेकअपमा लामो समय बिताइरहेका छन् । सेटमा टेक लिनु अघि मेकअप गर्न र टेक लिइसकेपछि मेकअप क्लिजिङ गर्न घण्टौं समय लाग्ने गरेको छ ।

बलिउड लाइफका अनुसार फिल्ममा उनको घुङ्रिएको बाक्लो कपाल देखिनेछ । उनको छालाको रंगलाई निकै रातो बनाइएको छ । अल्लूले आफ्नो चरित्रमा फिट लगाउनका लागि फिल्ममा लुंगी र सर्ट लगाएका छन् । जसकारण पनि अन्य फिल्मको तुलनामा यो फिल्ममा उनको मेहनत केही बढी नै छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  १२ : २८ बजे

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले

बझाङमा आजै मतगणना नगरिने

काठमाडौं– बझाङ प्रदेश सभा क्षेत्र नं. १ को मतगणना आज

उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा सभापति देउवाद्वारा धन्यवाद ज्ञापन

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र