आर्यनको ‘अर्जुन रेड्डी’ रहर « Khabarhub

आर्यनको ‘अर्जुन रेड्डी’ रहर


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अभिनेता आर्यन सिग्देल हरेक किसिमका भूमिकामा अभिनय गर्न पोख्त छन् भन्ने कुरा उनले आफूले अभिनय गरिसकेका फिल्मबाट प्रमाणित गरिसकेका छन् । भलै ती फिल्म सफल वा असफल हुन् ।

तेलुगू फिल्म ‘अर्जुन रेड्डी’को नेपाली रिमेक बन्ने चर्चा चलेपछि केही समय अघि आर्यनको नाम अग्रस्थानमा आएको थियो । फिल्म वितरण तथा निर्माण कम्पनी युवा फिल्मस्ले यसको अधिकार किनेर फिल्म निर्माण गर्ने घोषणा गरेको थियो ।

फिल्ममा आर्यनले प्रमुख भूमिकामा अभिनय गर्ने चर्चा चलेपछि आर्यनले फेसबुकमा ‘यो स्पष्टिकरणको लागि मात्र हो, मैले केही दिनदेखि समाचारहरु देखिरहेको छु । निर्माणाधिन चलचित्र ‘अर्जुन रेड्डी’को रिमेकमा म छैन । मसँग निर्माण पक्षको कुरा पनि भएको छैन । म निर्माण पक्षलाई शुभकामना दिन चाहन्छु ।’ भन्दै स्टाटस नै लेख्नुपर्यो ।

अहिले यो फिल्मले फिल्मको लागि कलाकारको अडिसन गर्ने तयारी गरिरहेको छ । विशाल सापकोटाको निर्देशन रहने फिल्मका लागि निर्माण समूहले प्रमुख महिला तथा पुरुष कलाकारको लागि आव्हान गरेको छ ।

फिल्मका लागि अडिसन लिने सार्वजनिक भएपछि विभिन्न कलाकारले आफ्नो तस्वीरलाई फेसबुकमा राखेर आफू ‘अर्जुन रेड्डी’ बन्न उपयुक्र्त छ या छैन भन्दै प्रश्न गर्न थालेका छन् ।

यही मौकामा अभिनेता आर्यनले पनि फेसबुकमा तस्वीर राखेर ‘अनि अर्जुन रेड्डीको नेपाली रि–मेकका लागि हामीले आवेदन दिन पाइने कि नपाईने ?’ भन्दै लेखेका छन् । सुरुमा आफ्नो नाम आउँदा स्पष्टीकरण दिने आर्यनले अहिले पुनः आफ्नो तस्वीर राखेर अर्जुन रेड्डीमा चासो देखाएपछि कतै फिल्मप्रति उनको मन फर्किएको त होइन भन्ने चर्चा चलेको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  २ : ५२ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन