आज सेयर बजार २१ अंकले घट्यो, निफ्राको नेगेटिभ सर्किट « Khabarhub

आज सेयर बजार २१ अंकले घट्यो, निफ्राको नेगेटिभ सर्किट


११ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सोमबारदेखि घटेको सेयर बजारले मंगलबार पनि निरन्तरता पाएको छ । मंगलबार नियमित कारोबार खुलेको सुरुआती समयमा २५ अंकसम्म बढेको बजार त्यसपछि भने दिनैभर रातै भयो।

तर एक समय ८८ अंक सम्म घटिसकेको बजारमा १ बजेपछि भने सुधार देखिएयो । यद्यपि सकारात्मक भने हुन सकेन । घट्ने अन्तर कम हुँदै गएर अन्तिममा २१ अंकले घटेर बन्द भयो।

सोमबार २६०७ विन्दुमा रोकिएको बजार सूचक मंगलबार २५८६ विन्दुमा आइपुगेको छ। कुनै समय १२ अंकले घटिसकेको सेन्सेटिभ इन्डेक्स समेत अन्तिममा २ अंकले मात्रै घटेर ४६७ विन्दुमा बन्द भएको छ।

आइतबार २ हजार ६४० दशमलव ३४ विन्दुमा पुगेको नेप्से परिसूचक दुई दिन लगातार घटेर २ हजार ५८६ दशमलब ५१ विन्दुमा झरेको हो । यसरी पछिल्लो दुई दिनमा नेप्से परिसूचक ५३ दशमलव ८३ अंकले घटेको छ ।

नेप्से परिसूचकले उच्च विन्दु कायम गरिरहँदा लगानीकर्ताहरूको मनोबल पनि कमजोर हुँदै गएको अनुमान विश्लेषकहरूले लगाएका छन् ।

लगानीको मूल्य बढिरहँदा घट्ने हो कि भन्ने आशंकाले लगानीकर्ताको मनोबल कमजोर भएको उनीहरूको तर्क छ ।

देशमा संकटकाल घोषणाको हल्लाले यस दिन सेयर बजार प्रभावित भएको विश्लेषण गरिएको छ । सो हल्लाका कारण बजार खुल्ने बित्तिकै नेप्से तीव्र गतिमा ओरालो लाग्यो ।

यस्तै मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्रै कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमल ४१ अंकले घटेको छ । नेप्से परिसूचक ओरालो लागे पनि बजारमा कारोबार रकमको उच्चता भने कायमै रहेको छ ।

मंगलबार कुल ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार बराबरको सेयर कारोबार भएको छ । उक्त रकम बराबरको १ करोड ७७ लाख १४ हजार ९१२ कित्ता सेयर कारोबार भएको हो । यो दिन २०५ ओटा कम्पनीको ८३ हजार ३५७ पटकको कारोबारमा उल्लेखित सेयर कारोबार भएको हो ।

नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमा नेगेटिभ सर्किट

नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमा मंगलबार नेगेटिभ सर्किट लागेको छ । दोस्रो बजारमा कारोबार खुलेको सातौं दिनसम्म लगातार सकारात्मक सर्किट लागेको यस बैंकको सेयरमा मंगलबार भने नेगेटिभ सर्किट लागेको हो ।

मंगलबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक रकमको सेयर कारोबार भएको छ । यो दिन कम्पनीको ७३ करोड ९४ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

सर्वाधिक रकमको सेयर कारोबार भएको यो दिन कम्पनीको सेयर मूल्य भने सर्वाधिक १० प्रतिशतले घटेको छ । मंगलबार बजार खुल्ने बित्तिकै यस बैंकको सेयर बढेर प्रतिकित्ता ६९३ रुपैयाँ पुगेको भए पनि नाफा बुक गर्ने लगानीकर्ता बढ्दा सेयर मूल्य ६६ रुपैयाँले घटेर ५९४ रुपैयाँमा झरेको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०७७, मंगलबार  ५ : ०६ बजे

एनपीएलः रोहितले जिते कार, अरूले के पाए ?

काठमाडौं – लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले नेपाल प्रिमियर लिग

‘हाइकिङ’ जाँदा अस्वस्थ भएका भारतीय राजदूतको हेलिकप्टरबाट उद्धारपछि उपचार

काठमाडौं – ‘हाइकिङ’ जाँदा अस्वस्थ भएपछि नेपालका लागि भारतीय राजदूत

गाउँबस्तीको विकासमा प्रदेश सरकार सक्रिय छः मुख्यमन्त्री बानियाँ

नुवाकोट – बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले देश निर्माणको अभियानअन्तर्गत

नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव : छोङछिङमा सांस्कृतिक कार्यक्रम

काठमाडौं नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा

एमालेको महाधिवेशन : देश बनाउने नेतृत्व छान्ने निर्णायक क्षण

नेकपा एमालेको एघारौँ महाधिवेशन शनिबारदेखि सुरू हुँदा देशको राजनीति एउटा