६० वर्ष बाँचेकी थिइन चार खुट्टा भएकी महिला | Khabarhub Khabarhub

६० वर्ष बाँचेकी थिइन चार खुट्टा भएकी महिला


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईंले कुनै पनि मानिसको चार वटा खुट्टा भएको देख्नु वा सुन्नु भएको छ ? पक्कै छैन होला । तर विश्वमा एक यस्ती महिला थिइन् जसको चार वटा खुट्टा थियो ।

अमेरिकाको टेनेसी शहरमा सन् १८६८ मा जन्म भएकी एक महिलाको चार वटा खुट्टा थियो । मायरटल कर्बिन नामक ति महिला ६० बर्षसम्म जीवित रहिन् ।

चिकित्सकका अनुसार मायरटलको दुई वटा खुट्टा सहि थियो । तर बाँकि दुई वटा खुट्टा भने निकै कमजोर थिए । उनी आफ्नो नियमित काम बलिया खुट्टाको सहारामा नै गर्द थिइन् । उनलाई हिडडुल गर्न कुनै समस्या थिएन । तर उनी जहाँ जहाँ पुग्थिन् त्यहा उनलाई हेर्ने मानिसहरुको भिड लाग्दथ्यो ।

मायरटललाई उनको चार खुट्टाको कारण निकै चर्चामा पुर्यायो । उनले धेरै अवार्ड समेत जितिन् । यतिमात्र होइन, उनी १३ बर्षकी हुदाँ उनको जीवनीमा आधारीत एक पुस्तक समेत लेखिएको थियो । ’बायोग्राफी अफ मायरटल कर्बिन’ नामक उक्त पुस्तकले राम्रो कमाई समेत गरेको थियो ।

मायरटलले १९ बर्षको उमेरमा जेम्स क्लिन्टन बिकनेल नामक व्यक्तिसंग विवाह गरीन् । उनको चार छोरी र एक छोरा भए । अन्ततः सन् १९२८ मा ६० बर्षको उमेरमा मायटरलको निधन भयो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ५० बजे

मुग्लिन पोखरा सडक : पूर्वी खण्डमा ५६, पश्चिम खण्डमा २३ प्रतिशत प्रगति

तनहुँ । मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत पूर्वीखण्डमा ५६ र

इलाम–२ को मतगणना आइतबार बिहानदेखि हुने

काठमाडौं – इलाम क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनको

कुम्भमेलामा दर्शनार्थीको घुइँचो, एकै दिनमा डेढ लाखभन्दा बढीको सहभागिता

सुनसरी – सुनसरीको बराहक्षेत्र नगरपालिका–१ चतराधाममा गत चैत २७ गतेबाट

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

लुक्लामा हवाई उडान प्रभावित हुँदा पर्यटकहरू समस्यामा

सोलुखुम्वु – प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल (लुक्ला