गलत दिशामा ऐना राखे पर्छ नकारात्मक असर « Khabarhub

गलत दिशामा ऐना राखे पर्छ नकारात्मक असर


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऐनामा हामीले आफ्नो व्यक्तित्वको झलक देख्दछौ । त्यसैले दैनिक उपभोग्य सामाग्रीमा ऐना पनि पर्दछ । तर ऐनाको प्रयोग केवल अनुहार हेर्न वा तयारी हुन मात्र हुदैँन । वास्तु शास्त्र अनुसार ऐना सहि दिशामा नभए जीवनमा नकारात्कमक असर पर्ने र विभिन्न समस्या झेल्नु पर्ने हुनसक्छ ।

वास्तु अनुसार घरमा सही दिशामा ऐना नभएमा यसले सफलतामा बाधा पुर्‍याउन सक्छ । साथै घरमा नकारात्मक एनर्जी बढाउँछ । तसर्थ ऐनालाई हमेशा पूर्व र उत्तर दिशाको पर्खालमा मात्र राख्नु पर्दछ । अर्थात यसमा हेर्ने व्यक्तिको मुख पूर्व वा उत्तरतर्फ फर्कियोस् । तर ऐनालाई दक्षिण वा पश्चिमतर्फको पर्खालमा भने राख्नु हुदैँन ।

घरमा ऐना राख्दा ध्यान दिनुपर्ने कुराहरु :
– घरमा राखिने ऐना गोलो वा अण्डाकार आकारको शिशा भएको हुनु हुदैँन । यो चारपाटे वा आयताकार आकारको हुनु पर्दछ ।

– कहिल्यै टुक्रिएको वा चक्रिएको वा धमिलो देखिने ऐना समेत घरमा राख्नु हुदैन । वास्तु अनुसार यस्ता ऐनाले दुर्भाग्य र समस्या निम्त्याउँछ ।

– वास्तु अनुसार बेडरूममा कहिल्यै ऐना राख्नु हुदैन । यसो गरेमा पति पत्नीबीचको आपसी विश्वास घट्ने गर्दछ । यदि कुनै कारणवश बेडरुममा ऐना हुने भए सुत्दा यसमा देखिने हुनु हुदैँन ।

– घरमा दराज वा ढुकुटीको सामु ऐना राख्नु शुभ मानिन्छ । यसले घरमा धनको वृद्धि हुने मान्यता छ । साथै ड्रइंग रूममा पनि ऐना राख्नु शुभफल प्राप्त हुने मान्यता छ । यसका अलावा दुई ऐना एकअर्काको सामु हुनु हुदैन ।

– वास्तु अनुसार घरको मुख्यद्वारको सामु समेत ऐना वा कुनै पनि शीशा हुनु हुदैँन । यसो गरेमा घरको सारा सकारात्मक ऊर्जा बाहिर जाने वास्तुको मान्यता छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ३१ बजे

अन्नपूर्णबाट करिब चार करोड मूल्य बराबरको सुन्तला बिक्री

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका किसानले यस वर्ष सुन्तला बिक्री गरेर

टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएपछि बनेपामा तनाव (तस्बिरहरू)

बनेपा– अरनिको राजमार्ग अन्तर्गत काभ्रेको बनेपास्थित चाँदनी चोकमा टिपरले स्कुटरलाई

पर्वले समुदायबीच सम्बन्ध मजबुत बनाउँछ : राष्ट्रियसभा अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका

हेटौँडा उपमहानगरबाट २२ करोड ४५ लाख राजस्व सङ्कलन

बागमती– हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्षको पहिलो सात महिनामा २२

रास्वपाकी मधेस सभापति ममताले दिइन् राजीनामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेसकी संस्थापक सभापति ममता