गलत दिशामा ऐना राखे पर्छ नकारात्मक असर « Khabarhub

गलत दिशामा ऐना राखे पर्छ नकारात्मक असर


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऐनामा हामीले आफ्नो व्यक्तित्वको झलक देख्दछौ । त्यसैले दैनिक उपभोग्य सामाग्रीमा ऐना पनि पर्दछ । तर ऐनाको प्रयोग केवल अनुहार हेर्न वा तयारी हुन मात्र हुदैँन । वास्तु शास्त्र अनुसार ऐना सहि दिशामा नभए जीवनमा नकारात्कमक असर पर्ने र विभिन्न समस्या झेल्नु पर्ने हुनसक्छ ।

वास्तु अनुसार घरमा सही दिशामा ऐना नभएमा यसले सफलतामा बाधा पुर्‍याउन सक्छ । साथै घरमा नकारात्मक एनर्जी बढाउँछ । तसर्थ ऐनालाई हमेशा पूर्व र उत्तर दिशाको पर्खालमा मात्र राख्नु पर्दछ । अर्थात यसमा हेर्ने व्यक्तिको मुख पूर्व वा उत्तरतर्फ फर्कियोस् । तर ऐनालाई दक्षिण वा पश्चिमतर्फको पर्खालमा भने राख्नु हुदैँन ।

घरमा ऐना राख्दा ध्यान दिनुपर्ने कुराहरु :
– घरमा राखिने ऐना गोलो वा अण्डाकार आकारको शिशा भएको हुनु हुदैँन । यो चारपाटे वा आयताकार आकारको हुनु पर्दछ ।

– कहिल्यै टुक्रिएको वा चक्रिएको वा धमिलो देखिने ऐना समेत घरमा राख्नु हुदैन । वास्तु अनुसार यस्ता ऐनाले दुर्भाग्य र समस्या निम्त्याउँछ ।

– वास्तु अनुसार बेडरूममा कहिल्यै ऐना राख्नु हुदैन । यसो गरेमा पति पत्नीबीचको आपसी विश्वास घट्ने गर्दछ । यदि कुनै कारणवश बेडरुममा ऐना हुने भए सुत्दा यसमा देखिने हुनु हुदैँन ।

– घरमा दराज वा ढुकुटीको सामु ऐना राख्नु शुभ मानिन्छ । यसले घरमा धनको वृद्धि हुने मान्यता छ । साथै ड्रइंग रूममा पनि ऐना राख्नु शुभफल प्राप्त हुने मान्यता छ । यसका अलावा दुई ऐना एकअर्काको सामु हुनु हुदैन ।

– वास्तु अनुसार घरको मुख्यद्वारको सामु समेत ऐना वा कुनै पनि शीशा हुनु हुदैँन । यसो गरेमा घरको सारा सकारात्मक ऊर्जा बाहिर जाने वास्तुको मान्यता छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ३१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते