भारतीय मदिराको अवैध कारोवार बढ्दै « Khabarhub

भारतीय मदिराको अवैध कारोवार बढ्दै


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– लागुऔषधको उच्च कारोवार हुने झापामा भारतीय मदिराको समेत अवैध कारोवार हुने गरेको पाईएको छ ।

रातको समयमा सवारी साधनमा हालेर भारतीय मदिरा नेपाली बजारमा भित्रिने गरेको पाईएको हो ।

मेचीराजमार्गमा पर्ने बुद्धशान्ति ४ बर्नेबाट प्रहरीले ‘सिक्किमे गोल्डेन’ नामको मदिरा बरामद गरेसँगै यस्तो कारोवार बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे.१ ज ३३५१ नम्बरको कारमा ९५ बोतल भारतीय मदिरा फेला परेको हो । जसमा सिक्किमे गोल्डेन ८४ बोतल र फायरबल नामको मदिरा ११ बोतल रहेका छन् ।

यस अघि समेत प्रहरीले ‘सिक्किमे गोल्डेन’ छिटफुट बरामद गर्दै आएको थियो । प्रहरीले गाडी चालक ईलाम सुर्योदलय २ का प्रकाश खड्का सहित उनको गाडीबाट बरामद ९५ बोतल, यस अघि बरामद ‘सिक्किमे गोल्डेन’ तथा खड्का समेतलाई थप अनुसन्धानका लागि आन्तरीक राजश्व कार्यालय भद्रपुरमा बुझाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ३५ बजे

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

भोटेकोशी बाढीपीडितका लागि राहत सङ्कलन जारी, प्रधानमन्त्री कोषमा रकम जुट्दै

काठमाडौँ – भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावितका

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण