भारतीय मदिराको अवैध कारोवार बढ्दै « Khabarhub

भारतीय मदिराको अवैध कारोवार बढ्दै


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– लागुऔषधको उच्च कारोवार हुने झापामा भारतीय मदिराको समेत अवैध कारोवार हुने गरेको पाईएको छ ।

रातको समयमा सवारी साधनमा हालेर भारतीय मदिरा नेपाली बजारमा भित्रिने गरेको पाईएको हो ।

मेचीराजमार्गमा पर्ने बुद्धशान्ति ४ बर्नेबाट प्रहरीले ‘सिक्किमे गोल्डेन’ नामको मदिरा बरामद गरेसँगै यस्तो कारोवार बाहिरिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मे.१ ज ३३५१ नम्बरको कारमा ९५ बोतल भारतीय मदिरा फेला परेको हो । जसमा सिक्किमे गोल्डेन ८४ बोतल र फायरबल नामको मदिरा ११ बोतल रहेका छन् ।

यस अघि समेत प्रहरीले ‘सिक्किमे गोल्डेन’ छिटफुट बरामद गर्दै आएको थियो । प्रहरीले गाडी चालक ईलाम सुर्योदलय २ का प्रकाश खड्का सहित उनको गाडीबाट बरामद ९५ बोतल, यस अघि बरामद ‘सिक्किमे गोल्डेन’ तथा खड्का समेतलाई थप अनुसन्धानका लागि आन्तरीक राजश्व कार्यालय भद्रपुरमा बुझाएको छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ३ : ३५ बजे

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका