यी हुन् कंगनाका नौ पूर्व प्रेमी « Khabarhub

यी हुन् कंगनाका नौ पूर्व प्रेमी


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री कंगना रनावत कुनै पनि कुरामा बोल्न डराउदिनन् । त्यहीकारण उनी विवादमा नआएको कुनै समय हुँदैन । बलिउडका कुन–कुन अभिनेतासँग आफ्नो प्रेम सम्बन्ध थियो भन्ने कुरालाई उनी लुकाउदिनन् ।

बलिउड लाइफमा प्रकाशित समाचारअनुसार कंगनाको अभिनेता ऋतिक रोशन र आदित्य पञ्चोलीसँगको सम्बन्धबारे सबै जानकार नै छन् । यीबाहेक अन्य केही कलाकार पनि छन्, जसको नाम कंगनासँग जोडिएको छ ।

कंगना जब बलिउडमा आइन्, त्यो समयमा उनको पहिलो सम्बन्ध अभिनेता आदित्य पञ्चोलीसँग रह्यो । उनीहरुबीचको प्रेम सम्बन्धको चर्चा बलिउडमा निकै लामो समयसम्म रह्यो । तर आदित्यसँगको सम्बन्ध टुटेपछि उनले आदित्यको बारेमा यति धेरै नयाँ खुलासा गरिन् कि ती खुलासा सुन्दा सबै चकित भएका थिए ।

अभिनेता ऋतिक रोशन पनि अभिनेत्री कंगनासँग लामो समयसम्म जोडिएको नाम हो । कंगनाले मिडियासामू खुलेरै आफूहरुबीचको सम्बन्धका बारे बोलेकी छन् । अहिले उनीहरु एकअर्काका दुश्मन झैं बनेका छन् । जसको मुद्धा अदालतसम्म पुगेको छ ।

कंगनासँग अभिनेता ऋतिक अलग्गिइरहँदा त्यो समयमा कंगनालाई अभिनेता आमिर खानले निकै सहयोग गरेका थिए । आमिरले त्यो समयमा कंगनालाई ऋतिकसँगको विवादबाट बाहिर ल्याउन निकै सहयोग गरेका थिए ।

कंगनाको अभिनेता अध्ययन सुमनसँग पहिलो भेट फिल्म ‘राज २’को सेटमा भएको थियो । यही समयमा उनीहरु नजिकिए र सम्बन्धमा रहे । उनीहरुको भेट जसरी राम्रोसँग भयो, अलग्याइ उस्तै डरलाग्दो किसिमको थियो ।

कंगना फिल्म ‘वन्स अपअन अ टाइम इन मुम्बई’को सुटिङमा व्यस्त भइरहँदा यो फिल्मका अभिनेता अजय देवगनसँग उनको नजिकपन बढेको खबर सार्वजनिक भएको थियो । अजयले कंगनालाई ‘रसकल्स’ र ‘तेज’ जस्ता फिल्ममा आबद्ध गराउन सहयोग गरेका थिए ।

कंगनाको नाम बलिउडका प्रख्यात फेसन डिजाइनर मनीष मल्होत्रासँग पनि जोडियो । केही वर्ष अघिको भ्यालेन्टाइनमा यो जोडीको एक तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यहीबेला उनीहरुबीच प्रेम सम्बन्धमा रहेको चर्चा नचलेको पनि होइन ।

बलिउड अभिनेता आदित्य पञ्चोलीका छोरा सुरजको नाम पनि कंगनासँग जोडिएको छ । तर आदित्यले कंगनालाई कुट्ने गरेका खबर सार्वजनिक भएपछि सुरज कंगनासँग अलग्गिए । त्यसपछि उनीहरु कहिल्यै साथी भएनन् ।

कंगनाको नाम यूकेमा बस्दै आएका डाक्टर तथा वैज्ञानिक निकोलससँग पनि जोडियो । उनले सिमी गिरेवालको शोमा निकोलससँगको सम्बन्धबारे बोलेकी थिइन् ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ६ : ०८ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको