पठाओ सञ्चालन रोक्ने कुनै निर्णय भएको छैन : ट्राफिक प्रहरी महाशाखा « Khabarhub

पठाओ सञ्चालन रोक्ने कुनै निर्णय भएको छैन : ट्राफिक प्रहरी महाशाखा

भोलिदेखि राइडरले पठाओ ज्याकेट लगाउन नपाउने


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पठाओ सञ्चालनमा रोक लगाउने कुनै निर्णय नभएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले स्पष्ट पारेको छ ।

ट्याक्सी चालक र पठाओ राइडरबीचको विवादले झडपको स्थिति भएको भन्दै बुधबारदेखि पठाओ सञ्चालनमा रोक लगाउने भन्दै आएको समाचारमा कुनै सत्यता नभएको महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराईले खबरहबलाई जानकारी दिए ।

भट्टराईले भने, ‘हामीले अहिलेसम्म पठाओलाई रोक्ने बारेमा कुनै निर्णय गरेका छैनौं । हल्लाको पछि नलाग्नुहोला ।’ उनका अनुसार ट्राफिक प्रहरीले पठाओ राइडरलाई ज्याकेट र ट्राउजर (प्रोटेक्टिभ गेयर) लगाउन भने बन्देज लगाएको छ ।

‘राइडरहरूले धेरै अफलाइन ट्रिप गर्ने गरेको र ज्याकेटकै कारण असुरक्षाका घटनाहरू बढेपछि भोलि (बुधबार)बाट लागू हुने गरी त्यस्तो कपडा लगाउने नदिने मात्र निर्णय भएको हो ।’ उनले भने, ‘पठाओ चलाउन बन्द गरेको होइन ।’

एसएसपी भट्टराईका अनुसार बुधबारदेखि पठाओ राइडरले पठाओ भनेर चिनिने प्रोटेक्टिभ गेयर लगाएमा कारबाही हुनेछ ।

राइडर र पठाओ यात्रीहरूको सुरक्षालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीसँगको समझादरीमा यस्तो निर्णय भएको पठाओ नेपालका क्षेत्रीय निर्देशक असिम मान सिंह बस्न्यातले जानकारी दिए ।

कम्पनीले एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पछिल्लो समयमा पठाओ सेवालाई थप व्यवस्थित गर्न सम्बन्धित सरकारी निकायसँग गरिएको छलफल अनुसार अफलाइन राइडको विकृतिलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालको लागि पठाओको प्रोटेक्टिभ गेयर प्रयोग नगर्न निर्देशन भएकाले सम्पूर्ण राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न सम्पूर्ण राइडरहरूलाई अरोध गर्दछौँ । साथै राइड भने निर्वाध सञ्चालन हुने जानकारी गराउँदछौँ ।’

साथै यस सूचनालाई बेवास्ता गरेको खण्डमा प्रशासनबाट कारबाहीसमेत हुन सक्ने र सो अवस्थामा कम्पनी जिम्मेवार नहुने कम्पनीले जनाएको छ ।

पठाओ नेपालले निकालेको प्रेस विज्ञप्ति :

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ०३ बजे

हिमपातले किसानलाई राहत

मुस्ताङ– मुस्ताङमा जारी सिजनको छैटौँपटकको हिमपातले मुस्ताङका किसान र पशुपालक

उपराष्ट्रपति यादवबाट पानी दिवसको शुभकामना

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पानीको न्यायपूर्ण वितरण र पहुँच सुनिश्चित

चेल्सीको पोस्टमा एभर्टनको तीन गोल

काठमाडौँ – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा एभर्टनले

म्याग्दीको मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी– यहाँको धवलागिरि गाउँपालिका–४ मुदीमा वडा कार्यालय र स्वास्थ्यचौकीको भवन

४८ घण्टाभित्र होर्मुज जलमार्ग नखोले विद्युत् गृह खरानी पारिदिने इरानलाई ट्रम्पको चेतावनी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानलाई ४८ घण्टाभित्र ‘स्ट्रेत