त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी शुरुवात « Khabarhub

त्रिदेशीय फुटबलमा बंगलादेशको विजयी शुरुवात


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– दशरथ रंगशालमा आजबाट शुरु भएको त्रिदेशीय फुटबलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।

बंगलादेश र कीर्गिस्तानबीच भएको उद्घाटन खेलमा बंगलादेश १ -० गोल अन्तरले विजयी भएको हो । कीर्गिस्तानको खेलाडीले आत्‍मघाती गोल गरेपछि बंगलादेशले अग्रता लिन सफल भएको थियो ।

सोही एक गोल नै निर्णायक बन्यो । ३० औं मिनेटमा बंगलादेशले उपहार गोलमा अग्रता बनाएको थियो । किर्गिस्तानका खेलाडीले बल क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गरेका थिए ।

बंगलादेशका मोहमद साद उडिनले गरेको क्रसमा किर्गिस्तानका डिफेन्डर कुमारवज अलु बइमानले आफ्नै पोष्टमा गोल गरेका थिए । त्यसपछि किर्गिस्तानले गोल गर्ने अवसर पाए पनि गोल गर्न सकेन ।

बिहीबार नेपालले किर्गिस्तानको सामना गर्ने छ। एन्फाको आयोजनामा दशरथ रंगशालामा भइरहेको प्रतियोगितामा आयोजक नेपालसहित बङलादेश र किर्गिस्तानको सहभागिता छ।

समूह चरणमा शीर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  ७ : ३२ बजे

नेपाललाई सहयोग गर्ने राष्ट्रपति ट्रम्पको प्रतिबद्धता

वाशिङटन, डिसी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग गर्ने

अप्पर त्रिशूली हाइड्रोपावरको सुरुङमा फसेका ३५० सहित ८८३ जनाको उद्धार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि अप्पर त्रिशूली

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज जनैपूर्णिमा पर्व मनाइँदै

काठमाडौँ : देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ १२ गते शुक्रबार सन् २०२६