बलात्कार कसूरका दोषीलाई सात वर्ष कैद « Khabarhub

बलात्कार कसूरका दोषीलाई सात वर्ष कैद


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गलकोट – १९ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा बागलुङ नगरपालिका–५ का ४० वर्षीय भरत सापकोटालाई सात वर्ष कैद सजायको फैसला सुनाइएको छ ।

जिल्ला अदालत बागलुङका न्यायाधीश वासुदेव न्यौपानेको इजलासले बलात्कार कसूर ठहर गर्दै सापकोटालाई सात वर्ष कैदसहित नगद क्षतिपूर्तिको फैसला सुनाएको हो ।

अदालतले पीडितलाई रु एक लाख क्षतिपूर्ति र रु एक हजार ३०० पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले बताए ।

युवतीलाई सापकोटाले गत साउन १६ र १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । प्रहरीले आरोपितलाई सोही दिन पक्राउ गरेको थियो ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : ४५ बजे

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका