राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने « Khabarhub

राष्ट्र बैंकले तीन अर्ब ४५ करोड मुद्दती निक्षेपमा राख्ने


१० चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले रु तीन अर्ब ४५ करोड बराबरको रकम मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ ।

बैंकको उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानी गर्न लागेको जानकारी दिँदै केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ ।

बैंकले आज एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ । बैंकले २०७८ वैशाख २ गतेदेखि २०७९ वैशाख १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो ।

केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई रु १७ करोड २५ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रु ५१ करोड ७५ लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा रु का रु दुई अर्ब ७६ करोड लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरेको छ ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्ने, बैंकबाट तोकिएको न्यूनतम पूँजीकोष कायम भएके, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम रहेको जस्ता शर्त तोकेको छ ।

यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत वा सञ्चालक कारवाहीमा परेको हुन नहुने तथा सर्वसाधारणका लागि शेयर जारी गरिसकेको हुनुपर्नेलगायतका शर्त रहेको केन्द्रीय बैंकको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  १० : १५ बजे

पोखराको फिर्के खोला किनारमा फेरि चल्यो डोजर, ५६ संरचना भत्काइँदै (तस्बिरहरू)

 पोखरा– फिर्के खोलामा बनेका संरचना भत्काउन पोखरा महानगरपालिकाले यसअघि थालेको अभियानलाई

‘पार्टीभित्र कुनै अन्तर्विरोध छैन, वर्तमान सरकार ५ वर्षसम्म चल्छ, असफल हुने छुट छैन’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूतको भेट, नेपाल–अष्ट्रेलिया सहकार्यमा जोड

काठमाडौं –प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले भेट गरेका

राजकुमार राव र श्रद्धा कपुर अभिनीत चर्चित हरर-कमेडी फिल्म ‘स्त्री-३’ २०२८ मा 

काठमाडौं– ‘स्त्री’ र ‘स्त्री २’ बाट दर्शकलाई डर र हाँसोको

आरेनको प्रश्न- भ्रष्टाचारका दोषीलाई समात्ने र छाड्ने काम भइरह्यो, यो कस्तो सुशासन हो ?

काठमाडौं– श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सङ्घीयता, धर्मनिरपेक्षता, लोकतन्त्र