साउदीमा अस्पतालले २ करोड ५० लाख मिनाहा गरिदिएपछि स्वदेश फर्किए भुजेल « Khabarhub

साउदीमा अस्पतालले २ करोड ५० लाख मिनाहा गरिदिएपछि स्वदेश फर्किए भुजेल



दोहा- वैदेशिक रोगजारीको सिलसिलामा साउदी अरबको रियादस्थित एउटा कापनीमा काम गर्दा दुर्घटनामा परी अपांग भएका मोरङको सुन्दरहरैचा – ९ का बेद बहादुर भुजेल स्वदेश फर्किएका छन् ।

अढाई वर्षदेखि नेपाली दूतावासको सेल्टरमा रहेका भुजेललाई बिहीबार अपराह्न स्वदेश फिर्ता पठाइएको दूतावासले जनाएको छ । उनी नेपालबाट श्रमसम्झौता गरेर गएको कम्पनी छोडेर अन्यत्न काम गर्दैगर्दा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा उनलाई रियादमा रहेको फेमेली केयर अस्पताल भर्ना गरिएको र तीन महिना अचेत अवस्थामा रहेका थिए । अस्पतालको लामो समयसम्मको निरन्तर उपचार र हेरचाह पश्चात उनको अबस्थामा उल्लेख्य सुधार आएको थियो।

अस्पताल बसाई र उपचार खर्चको विल आठ लाख साउदी रियालभन्दा बढी आएको थियो । उनी गैरकानूनी हैसियतमा रहेर काम गरी रहेको अवस्थामा दुर्घटनामा पर्दा उपचारको क्रममा खर्च भएको अस्पतालको विल तिर्ने जिम्मा कमैले पनि लिएन ।

उपचार खर्चको बिल कसैले पनि तिर्न नमानेपछि अस्पतालले उनीविरुद्ध मुद्दा दायर गरी दूतावासको जिम्मा लगाएको थियो ।

साउदीमा रहेको कुनै पनि विदेशी नागरिक माथि कुनै केस लागेको छ भने उक्त केस फछयौंट नहुँदासम्म त्यस्ता व्यक्तिलाई साउदीबाट बाहिर जाने अनुमति हुँदैन ।

अस्पतालको विलमा निकै ठूलो रकम रहेको र उनी गैरकानूनी हैसियतमा भएको हुदा उक्त रकम कसैले पनि तिर्ने अवस्था नदेखिएपछि दूतावासले सुरुमा उनलाई साउदी पठाउने म्यानपावर र रोजगारदाता कम्पनीले विभिन्‍न चरणमा गरी २५/२५ हजार साउदी रियाल व्यहोरने गरी जम्मा पचास हजार रियाल दिने सहमति भयो ।

दूतावासका अनुसार भुजेलको तर्फबाट एक जना साउदी कानून व्यवसायी रखी प्रतिरक्षाको सुरुवात गरिएको थियो । तर, दुई वर्षसम्म कुनै कानूनी प्राप्ति हुन सकेन ।

तर पनि दूतावासले उनलाई स्वदेश पठाउन सकिने अवस्था सिर्जना गर्न निरन्तर प्रयासरत गरिरह्यो । विल तिर्न नसकिने भएपछि अस्पताललाई नै भुजेलको केस फिर्ता लिन राजी पार्नु बाहेक अरु कुनै विकल्प थिएन् ।

यसबीचमा दूतावासले अस्पताल व्यवस्थापनसँग निरन्तर सम्पर्कमा रही पटक पटक भेटवार्ता र पत्राचारमार्फत भुजेल बिरुद्धको मुद्धा फिर्ता लिई उनलाई नेपाल पठाउन सहयोग गरिदिन अनुरोध गरेको थियो ।

दूतावासको अथक प्रयासको परिणाम स्वरूप अस्पतालले गत दुई हप्ता अघि उनी विरुद्ध अदालतमा रहेको केस फिर्ता लियो र उपचारका क्रममा खर्च भएको ८ लाख २३ हजार साउदी रियाल नेपाली रुपैया २ करोड ५० लाख भन्दा बढी  रकम मिनाहा गरी मुद्दा फिर्ता लिएको थियो ।

मुद्दा फिर्ता पछि फिर्तीका लागि आवश्य सम्पूर्ण खर्च गैरवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति साउदी व्यवस्था गरेपछि उनलाई स्वदेश पठाईएको दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ३३ बजे

सोमेश्वरगढीमा प्रधानसेनापति अभिमानसिंहको शालिक अनावरण

नारायणगढ (चितवन)- समुद्र सतहबाट ८८० मिटरको उचाइमा उभिएर हेर्दा देखिने

माइखोला बेलासेमा बेलीब्रिज जडान सम्पन्न, सवारी सञ्चालन

फिक्कल– इलाम सदरमुकामबाट झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन

काठमाडौं- राजधानीकोे बुद्धनगरमा आत्मदाहको प्रयास गरेका अश्विन राउतको निधन भएको

भियतनाममा पर्यटक बोकेको डुङ्गा पल्टिँदा १५ जनाको मृत्यु

हनोई- भियतनामको दक्षिणी फु क्वोक टापु नजिक शनिबार पर्यटक बोकेको डुङ्गा

गण्डकीमा पूर्वाधार विकासले गति लिएको छ : मुख्यमन्त्री पाण्डे

गोरखा- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा पूर्वाधार विकासका आयोजना निर्धारित