टुट्याे संगीतकार नदीम-श्रवणकाे जाेडी, श्रवणकाे निधन « Khabarhub

टुट्याे संगीतकार नदीम-श्रवणकाे जाेडी, श्रवणकाे निधन


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–फिल्म ‘आशिकी’मा सम्झनालायक संगीत दिने संगीतकार जोडी नदीम–श्रवणमध्ये श्रवण राठौडको बिहीबार बेलुका निधन भएको छ । दुई दिन पहिलो मात्र उनलाई कोरोना संक्रमण भएको थियो ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार उनलाई मधुमेह थियो । कोरोना संक्रमणका कारण उनको फोक्सो पूर्ण रुपमा संक्रमित भएको थियो । उनको उपचार रहेजा अस्पतालमा भइरहेको थियो ।

उनको मृत्युको रहेजा अस्पतालका डा. कीर्ति भूषणले पुष्टि गरेका छन् । ‘श्रवणको निधन बेलुका ९ बजेर ३० मिनेटमा भयो । हामीले आफ्नोतर्फबाट उनलाई बचाउन हरेक प्रयास गर्यौ । तर सफल हुन सकेनौं । उनको मृत्युको कारण कोभिड संक्रमणको कारण भएको कोर्डिायोमायोपेथीबाट भएको हो । जसकारण उनको पल्मोनरी एडिमा र अन्य अंग फेल भएका थिए’, उनले भनेका छन् ।

श्रवण सन् ९० को दशकका चर्चित संगीतकार थिए । उनले नदमीका साथ मिलेर कैयौं फिल्ममा उत्कृष्ट संगीत दिएर आफ्नो ख्यातीलाई बढाएका थिए ।

यो जोडीले सन् १९७७ मा पहिलोपटक भोजपुरी फिल्म ‘दंगल’का लागि संगीत दिएका थिए । यो फिल्मको गीत ‘काशी हिले पटना हिले’ निकै चर्चित बनेको थियो ।

जोडीले पहिलोपटक बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिएका थिए ।

जोडीले ‘आशिकी’, ‘साजन’, ‘दिल है कि मानता नहीं’, ‘सड़क’, ‘सैनिक’, ‘दिलवाले’, ‘राजा हिन्दुस्तानी’, ‘फूल और कांटे’ र ‘परदेस’ जस्ता फिल्ममा संगीत दिएका थिए ।

सन् २ हजारको दशकमा ‘ये दिल आशिकाना’, ‘राज’, ‘कयामत’, ‘दिल है तुम्हारा’, ‘बेवफा’ र ‘बरसात’ जस्ता फिल्ममा संगीत दिएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : ०४ बजे

दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य

चितवन– ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका

संयोजक बममाथिको दुर्व्यवहारप्रति ‘नेपाल जेन–जी फ्रन्ट’को आपत्ति

काठमाडौं– ‘नेपाल जेन–जी फ्रन्ट’ले आफ्ना संयोजक रक्षा बममाथि भएको दुर्व्यवहारप्रति

वन मन्त्रीका सय दिन : नीतिगत, कानुनी र संस्थागत सुधारमा उपलब्धि

काठमाडौं– वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले मन्त्रालयको जिम्मेवारी सम्हालेको आज

आगामी आवका लागि आन्तरिक ऋणको सीमा निर्धारण

काठमाडौं– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष

त्रियुगा नदीमा झोलुङगे पुल निर्माण

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई सुन्दरपुर बेलहीस्थित त्रियुगा नदीमा झोलुङ्गे