टुट्याे संगीतकार नदीम-श्रवणकाे जाेडी, श्रवणकाे निधन « Khabarhub

टुट्याे संगीतकार नदीम-श्रवणकाे जाेडी, श्रवणकाे निधन


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–फिल्म ‘आशिकी’मा सम्झनालायक संगीत दिने संगीतकार जोडी नदीम–श्रवणमध्ये श्रवण राठौडको बिहीबार बेलुका निधन भएको छ । दुई दिन पहिलो मात्र उनलाई कोरोना संक्रमण भएको थियो ।

दैनिक भास्करमा प्रकाशित समाचारअनुसार उनलाई मधुमेह थियो । कोरोना संक्रमणका कारण उनको फोक्सो पूर्ण रुपमा संक्रमित भएको थियो । उनको उपचार रहेजा अस्पतालमा भइरहेको थियो ।

उनको मृत्युको रहेजा अस्पतालका डा. कीर्ति भूषणले पुष्टि गरेका छन् । ‘श्रवणको निधन बेलुका ९ बजेर ३० मिनेटमा भयो । हामीले आफ्नोतर्फबाट उनलाई बचाउन हरेक प्रयास गर्यौ । तर सफल हुन सकेनौं । उनको मृत्युको कारण कोभिड संक्रमणको कारण भएको कोर्डिायोमायोपेथीबाट भएको हो । जसकारण उनको पल्मोनरी एडिमा र अन्य अंग फेल भएका थिए’, उनले भनेका छन् ।

श्रवण सन् ९० को दशकका चर्चित संगीतकार थिए । उनले नदमीका साथ मिलेर कैयौं फिल्ममा उत्कृष्ट संगीत दिएर आफ्नो ख्यातीलाई बढाएका थिए ।

यो जोडीले सन् १९७७ मा पहिलोपटक भोजपुरी फिल्म ‘दंगल’का लागि संगीत दिएका थिए । यो फिल्मको गीत ‘काशी हिले पटना हिले’ निकै चर्चित बनेको थियो ।

जोडीले पहिलोपटक बलिउड फिल्म ‘जीना सीख लिया’का लागि संगीत दिएका थिए ।

जोडीले ‘आशिकी’, ‘साजन’, ‘दिल है कि मानता नहीं’, ‘सड़क’, ‘सैनिक’, ‘दिलवाले’, ‘राजा हिन्दुस्तानी’, ‘फूल और कांटे’ र ‘परदेस’ जस्ता फिल्ममा संगीत दिएका थिए ।

सन् २ हजारको दशकमा ‘ये दिल आशिकाना’, ‘राज’, ‘कयामत’, ‘दिल है तुम्हारा’, ‘बेवफा’ र ‘बरसात’ जस्ता फिल्ममा संगीत दिएका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : ०४ बजे

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान