यी बलिउड कलाकारसँग सहकार्य चाहन्छन् हलिउड कलाकार « Khabarhub

यी बलिउड कलाकारसँग सहकार्य चाहन्छन् हलिउड कलाकार


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड कलाकारहरु आफ्नो अभिनय र लुक्सका कारण आम मानिसमाझ लोकप्रिय छन् । उनीहरुको फ्यान फलोइङ स्वदेशमा मात्र होइन, विदेशमा पनि उत्तिकै संख्यामा छन् ।

अमर उजालामा प्रकाशित समाचारअनुसार हलिउडका कैयौं ठूला स्टारहरु पनि बलिउडको ठूलै फ्यान छन् । उनीहरुले आफ्ना मनपर्ने बलिउड कलाकारसँग काम गर्ने इच्छा नै व्यक्त गरेका छन् ।

हलिउडकी सुन्दर अभिनेत्री क्रिस्टिन स्टुअर्ट बलिउड कलाकारलाई मनपराउछिन् । ‘ट्वीलाइट’ फेम यी अभिनेत्री बलिउडका ग्रीक गर्डका रुपमा परिचित ऋतिक रोशनलाई निकै मनपराउछिन् ।

उनले एक अन्तरवार्तामा एक राम्रो स्क्रिप्ट पाए ऋतिकसँग काम गर्ने बताएकी थिइन् । उनी ऋतिकलाई एक राम्रो र हेण्डसम अभिनेता मान्छिन् ।

बलिउड चिनियाँ अभिनेता ज्याकी च्यानको फ्यान हो । तर ज्याकी आफैं बलिउडका ठूला फ्यान हुन् । उनले एक अन्तरवार्तामा बलिउडमा कोही कलाकारसँग काम गर्ने प्रस्ताव आए मल्लिका शेरावतसँग सहकार्य गर्न तयार रहेको बताएका थिए । अभिनेता आमिर खान पनि उनको मनपर्ने कलाकार हुन् ।

हलिउडकी प्रख्यात रियालिटी शो स्टार किम कार्दासियन बलिउडबाट प्रभावित छिन् । उनले कैयौंपटक आफू शाहरुख खान र सलमान खानसँग काम गर्न इच्छुक रहेको बताएकी छन् ।

‘हेरी पोर्टर’ फेम डेनियल रेडक्लिफ पनि बलिउडलाई निकै मनपराउछन् । उनलाई बलिउडको कथा र नृत्य निकै मनपर्छ । उनले कैयौंपटक बलिउड फिल्मको हिस्सा बन्न चाहेको बताउदै आएका छन् ।

हलिउड अभिनेता रोबर्ट डाउनी जूनियरलाई विश्वले ‘आइरन मेन’का रुपमा चिन्छन् । उनलाई अभिनेता आमिर खान निकै मनपर्छ । उनले आमिरलाई एक अन्तरवार्तामा बलिउडको ‘टम हेंक’ भनेका थिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  १२ : १९ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा