पर्दामा दुस्मन, बाहिर दौतरी « Khabarhub

पर्दामा दुस्मन, बाहिर दौतरी


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– टेलिभिजनको पर्दामा आउने अधिकांश टेलिफिल्मको मुख्य कथाबस्तु गृहकलह नै हुन्छ । जसमा सासु–बहु, सौता–सौता, नन्द–भाउजुको सम्बन्धमा आएको दरारलाई प्राथमिकता दिइन्छ ।

अमर उजालाले आफ्नो समाचारमा यी टेलिफिल्ममा एकअर्कालाई दुश्मनको नजरले हेर्ने अभिनेत्रीहरुको वास्तविक जीवनमा सम्बन्ध चाहिँ कस्तो छ भन्ने बारे उल्लेख गरेका छन् । जुन पढ्दा पाठक तथा दर्शकलाई विश्वास गर्न गाह्रै पर्छ ।

हालका दिनमा टीआरपी लिष्टमा टेलिफिल्म ‘अनुपमा’ सबैभन्दा उच्च स्थानमा छ । यो टेलिफिल्मले घर–घरमा पहिचान बनाइसकेको छ ।

टेलिफिल्ममा रुपाली गांगुलीले ‘अनुपमा’ र मदालसा शर्माले ‘काव्या’को भूमिका निर्वाह गरेका छन् । टेलिफिल्ममा दुवैलाई एकअर्काको विरोधीका रुपमा देखाइएको छ ।

यद्यपि पर्दा बाहिर भने उनीहरु मिल्ने साथी हुन् । सुधांशु, रुपाली र मदालसाको दोस्ती पर्दा बाहिर निकै मजबुत छ ।

अभिनेत्री आयशा सिंह टेलिफिल्म ‘गुम है किसी के प्यार’ मा सईको भूमिका निर्वाह गरेकी छन् । जबकी ऐश्वर्या शर्मा पाखीको भूमिकामा देखिएकी छन् । अभिनेता नील भट्टको अपोजिटमा आयशा छिन् ।

वास्तविक जीवनमा नील ऐश्वर्याको हुनेवाला पति हुन् । आयशा र ऐश्वर्या बीच वास्तविक जीवनमा निकै गहिरो सम्बन्ध छ ।

सरगुन कौर लुथ्रा र ऐश्वर्या खरेको सामाजिक सञ्जालमा डान्स भिडियो र फोटो निकै चर्चित छन् । टेलिफिल्म ‘ये हैं चाहतें’मा ऐश्वर्या ‘महिमा’को भूमिकामा देखिन्छिन् भने सरगुन उर्फ प्रीशाको बहिनी र दुस्मन दुवै हुन् ।

‘कुण्डली भाग्य’मा स्वाति कपूर ‘माहिरा’को भूमिकामा छिन् । टेलिफिल्ममा उनी करण(धीरज धूपर’लाई आफ्नो जीवनसाथीको रुपमा पाउने चाहना राख्छिन् । यद्यपि करणले पहिले नै आफ्नो प्रेमी प्रीता(श्रद्धा आर्या)लाई विवाह गरिसकेका हुन्छन् ।

यो अवस्थामा माहिरा जहिल्यै प्रीतालाई करणबाट अलग राख्ने कोशिस गर्छिन् । तर वास्तविक जीवनमा उनीहरु मिल्ने साथी नै हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ४ : ४५ बजे

आज २०८३ साल वैशाख १८ गते शुक्रबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १८ गते शुक्रबार। वैशाख

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण