जीवित रोबर्टको माग गर्दै प्रदर्शन « Khabarhub

जीवित रोबर्टको माग गर्दै प्रदर्शन


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– मार्वल सिनेमेटिक युनिभर्सको सबैभन्दा चर्चित भूमिका आयर मेनका फ्यानलाई त्यो बेला झड्का लाग्यो, जब सन् २०१९ मा रिलिज फिल्म ‘एभेन्जर्सः एण्ड गेम’मा आयरन मेनलाई मारिएको देखाइएको थियो ।

फिल्म हेरेपछि आयरन मेन मरेको थाहा पाएपछि सामाजिक सञ्जालमा एक किसिमको हंगामा नै मचियो । फिल्म रिलिजको दोस्रो दिन नै आयरन मेन अर्थात रोबर्ट डाउनी जुनियरलाई जिउँदो बनाउन ट्रेण्ड सुरु भयो । तर निर्माताले फ्यानको आवाज सुनेनन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार फिल्म रिलिजको दुई वर्षपछि आयरन मेनका फ्यानले पुनः उनलाई जिउँदो राख्न माग राखेका छन् । यसपटक सामाजिक सञ्जालमा नभई सडकमा उनीहरुले प्रदर्शन गरेका छन् ।

अमेरिकाको लसएञ्जल्समा रहेको सडकमा एक ब्यानर राखिएको छ । ब्यानरमा ‘हाम्रो प्रिय हिरो टोनी स्टार्कलाई पुनः जीवित गर्नुहोस् ।’ लेखिएको छ ।

यो फिल्म अप्रिल २२ मा नै अमेरिकामा रिलिज भएकाले दुई वर्ष अघिको त्यो क्षणलाई सम्झँदै फ्यानहरुले आयरन मेनलाई जीवितको माग राखेका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : ३० बजे

पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ गर्छौँ : गगन थापा

कास्की- नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीलाई एकताबद्ध बनाएर रिब्रान्डिङ

रुसी पूर्वमन्त्री पोपोभलाई भ्रष्टाचार मुद्धामा १९ वर्ष जेल सजाय

मस्को – रुसका पूर्व उप–रक्षामन्त्री पावेल पोपोभलाई भ्रष्टाचार गरेको पुष्टि

आईपीएल : आरसिबीले राजस्थानलाई २०२ रनको लक्ष्य दियो

गुवाहाटी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १६औं खेलमा रोयल

पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा

कास्की – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीमा एकता र

आत्मरक्षाका लागि गोली चलाउँदा गैँडाको मृत्यु

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्जमा सेनाको गोली लागेर एक वयस्क