जीवित रोबर्टको माग गर्दै प्रदर्शन « Khabarhub

जीवित रोबर्टको माग गर्दै प्रदर्शन


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लसएञ्जल्स– मार्वल सिनेमेटिक युनिभर्सको सबैभन्दा चर्चित भूमिका आयर मेनका फ्यानलाई त्यो बेला झड्का लाग्यो, जब सन् २०१९ मा रिलिज फिल्म ‘एभेन्जर्सः एण्ड गेम’मा आयरन मेनलाई मारिएको देखाइएको थियो ।

फिल्म हेरेपछि आयरन मेन मरेको थाहा पाएपछि सामाजिक सञ्जालमा एक किसिमको हंगामा नै मचियो । फिल्म रिलिजको दोस्रो दिन नै आयरन मेन अर्थात रोबर्ट डाउनी जुनियरलाई जिउँदो बनाउन ट्रेण्ड सुरु भयो । तर निर्माताले फ्यानको आवाज सुनेनन् ।

बलिउड लाइफमा प्रकाशित समाचार अनुसार फिल्म रिलिजको दुई वर्षपछि आयरन मेनका फ्यानले पुनः उनलाई जिउँदो राख्न माग राखेका छन् । यसपटक सामाजिक सञ्जालमा नभई सडकमा उनीहरुले प्रदर्शन गरेका छन् ।

अमेरिकाको लसएञ्जल्समा रहेको सडकमा एक ब्यानर राखिएको छ । ब्यानरमा ‘हाम्रो प्रिय हिरो टोनी स्टार्कलाई पुनः जीवित गर्नुहोस् ।’ लेखिएको छ ।

यो फिल्म अप्रिल २२ मा नै अमेरिकामा रिलिज भएकाले दुई वर्ष अघिको त्यो क्षणलाई सम्झँदै फ्यानहरुले आयरन मेनलाई जीवितको माग राखेका हुन् ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : ३० बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा