नेपाल सुपर लिग भोलिबाट शुरु हुँदै, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने « Khabarhub

नेपाल सुपर लिग भोलिबाट शुरु हुँदै, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिगको पहिलो संस्करण शनिबारबाट काठमाडौंमा शुरु हुने भएको छ ।

सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि शुक्रबार काठमाडौंमा आयोजना गरिएको प्रि टुर्नामेन्ट पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले आफ्नो तयारी राम्रो रहेको बताएका छन् ।

टिम धनगढीका प्रशिक्षक युगल किशोर राईले तयारीको समय कम भएपनि सक्दो राम्रो प्रशिक्षण गरेको बताए । यस्तै कप्तान किरण चेम्जोङले तयारीको समय थोरै भए पनि आफ्नो टिमको क्षमतालाई भरपुर प्रयोग गरेर खेल्ने बताए ।

विराटनगरको प्रशिक्षक यान ल ले राम्रो प्रतियोगिताका लागि तयारी पनि राम्रो रहेको र सबै खेलाडीले मेहेनत गरेको बताए ।

यस्तै कप्तान रजिन धिमाललले तयारी राम्रो भएको र आफूहरुको लक्ष्य उपाधि जित्ने नै रहेको बताए । बुटवल लुम्बिनीका प्रशिक्षकले पनि तयारी राम्रो रहेको र विदेशी खेलाडी पनि राम्रो रहेका धारणा राखे । यस्तै कप्तान विशाल श्रेष्ठले पनि टिमको तयारी राम्रो रहेको बताए ।

एफसी चितवनका प्रशिक्षक मेघराज केसीले आफुहरुले सकेको जति कोसिस गरेर प्रशिक्षण गरेको र उपाधि जित्ने टिम आफूहरु पनि भएको दावी गरे ।

यस्तै कप्तान भरत खवासले एएफसी कपको छनौट खेलका कारण सबै खेलाडीले प्रशिक्षण गर्न नपाएको र प्रतियोगितामा राम्रो खेल्ने विश्वास रहेको धारणा राखे ।

काठमाडौँ रेजर्सका कप्तान बालगोपाल महर्जनले तयारी राम्रो रहेको र खेलाडीले पनि राम्रो प्रशिक्षण पाएको बताए । यस्तै कप्तान विकेश कुथुले नेपाल सुपर लिग निकै ठूलो प्ल्यार्टफर्म रहेको र यसको राम्रोसँग सदुपयोग गर्ने धारणा राखे ।

ललितपुरका प्रशिक्षक प्रदिप हुमागाईले शनिबार हुने खेलका लागि आफ्नो टिम तयार रहेको बताए । यस्तै कप्तान अञ्जन विष्टले टिम राम्रो रहेको र लक्ष्य उपाधि भएको बताए ।

पोखराका प्रशिक्षक राजेश शाहीले टिमले घरेलु मैदानमा नै प्रशिक्षण गरेकाले पनि राम्रो भएको बताए । यस्तै कप्तान अनिल गुरुङले प्रशिक्षणको समय छोटो हुँदा खेलाडीको वास्तविक जाँच हुन बाँकी रहेको बताए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : ४४ बजे

सीमा विवादमा बालेनलाई राजेश हमालको सुझाव : नेतृत्वमा परिपक्वता र दूरदृष्टि चाहिन्छ

काठमाडौं- अभिनेता राजेश हमालले नेपालको सीमासम्बन्धी बहसमा प्रायः प्रयोग हुने

क्यान्सरको औषधि आपूर्तिबारे विवरण पेश गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने प्लाटिनम समूहका

दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड संकलन

कैलाली– धनगढी उपमहानगरपालिका–१५ कनरीस्थित दुग्ध विकास संस्थानअन्तर्गतको धनगढी दुग्ध वितरण

जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौं– कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीबीच

बीवाइडी विद्युतीय सवारी आयातबारे साइमेक्स इन्कले यसो भन्यो

काठमाडौं– नेपालमा बीवाइडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले विद्युतीय सवारी