नेपाल सुपर लिग भोलिबाट शुरु हुँदै, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने | Khabarhub Khabarhub

नेपाल सुपर लिग भोलिबाट शुरु हुँदै, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्ने


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल सुपर लिगको पहिलो संस्करण शनिबारबाट काठमाडौंमा शुरु हुने भएको छ ।

सात टिमको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन खेलमा शनिबार काठमाडौं रेजर्स र ललितपुर सिटी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसअघि शुक्रबार काठमाडौंमा आयोजना गरिएको प्रि टुर्नामेन्ट पत्रकार सम्मेलनमा सबै टिमको प्रशिक्षक र कप्तानले आफ्नो तयारी राम्रो रहेको बताएका छन् ।

टिम धनगढीका प्रशिक्षक युगल किशोर राईले तयारीको समय कम भएपनि सक्दो राम्रो प्रशिक्षण गरेको बताए । यस्तै कप्तान किरण चेम्जोङले तयारीको समय थोरै भए पनि आफ्नो टिमको क्षमतालाई भरपुर प्रयोग गरेर खेल्ने बताए ।

विराटनगरको प्रशिक्षक यान ल ले राम्रो प्रतियोगिताका लागि तयारी पनि राम्रो रहेको र सबै खेलाडीले मेहेनत गरेको बताए ।

यस्तै कप्तान रजिन धिमाललले तयारी राम्रो भएको र आफूहरुको लक्ष्य उपाधि जित्ने नै रहेको बताए । बुटवल लुम्बिनीका प्रशिक्षकले पनि तयारी राम्रो रहेको र विदेशी खेलाडी पनि राम्रो रहेका धारणा राखे । यस्तै कप्तान विशाल श्रेष्ठले पनि टिमको तयारी राम्रो रहेको बताए ।

एफसी चितवनका प्रशिक्षक मेघराज केसीले आफुहरुले सकेको जति कोसिस गरेर प्रशिक्षण गरेको र उपाधि जित्ने टिम आफूहरु पनि भएको दावी गरे ।

यस्तै कप्तान भरत खवासले एएफसी कपको छनौट खेलका कारण सबै खेलाडीले प्रशिक्षण गर्न नपाएको र प्रतियोगितामा राम्रो खेल्ने विश्वास रहेको धारणा राखे ।

काठमाडौँ रेजर्सका कप्तान बालगोपाल महर्जनले तयारी राम्रो रहेको र खेलाडीले पनि राम्रो प्रशिक्षण पाएको बताए । यस्तै कप्तान विकेश कुथुले नेपाल सुपर लिग निकै ठूलो प्ल्यार्टफर्म रहेको र यसको राम्रोसँग सदुपयोग गर्ने धारणा राखे ।

ललितपुरका प्रशिक्षक प्रदिप हुमागाईले शनिबार हुने खेलका लागि आफ्नो टिम तयार रहेको बताए । यस्तै कप्तान अञ्जन विष्टले टिम राम्रो रहेको र लक्ष्य उपाधि भएको बताए ।

पोखराका प्रशिक्षक राजेश शाहीले टिमले घरेलु मैदानमा नै प्रशिक्षण गरेकाले पनि राम्रो भएको बताए । यस्तै कप्तान अनिल गुरुङले प्रशिक्षणको समय छोटो हुँदा खेलाडीको वास्तविक जाँच हुन बाँकी रहेको बताए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ५ : ४४ बजे

भोजपुरको चिरखुवा खोलामा पक्की निर्माण

भोजपुर– चिरखुवा खोलामा रु पाँच करोड ६२ लाखको लागतमा २०

रावाबेँसीबाट करोड हाराहारीका लिची बिक्री

खोटाङ– रावाबेँसी गाउँपालिकाका किसानले लिची बेचेर करिब एक करोड आर्जन

नौ वर्षमा टुङ्गियो गाउँपालिकाको केन्द्र

गलकोट– विसं २०७३ मा स्थापना भएको काठेखोला गाउँपालिकाले स्थापनाको नौ

युट्युबबाट सिकेर काष्ठकलाको कर्ममा खटिएका भक्तबहादुर

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि