परपुरुषसँगको सम्बन्धले खानामा विष हालेर श्रीमानको हत्या « Khabarhub

परपुरुषसँगको सम्बन्धले खानामा विष हालेर श्रीमानको हत्या


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– परपुरुषसँगको सम्बन्धका कारण श्रीमानलाई खानामा विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।

विसं २०७२ माघ २८ गतेको अघिल्लो दिनमात्र वैदेशिक रोजगारबाट फर्केका ३२ वर्षीय विष्णु थापामगरलाई खानामा विषाक्त पदार्थ सेवन गराई हत्या गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले धादिङको साविक मुलपानी गाविस–२ घर भई हाल सूर्य विनायक नगरपालिका–४ डेरागरी बस्ने २९ वर्षीया पार्वती थापामगरलाई साँढे पाँच वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक दीपक गिरीका अनुसार अनुसन्धानका क्रममा पार्वतीका श्रीमान् विष्णु २२ महिनाको वैदेशिक रोजगारी पछि २०७२ माघ २७ गते घर फर्किएका थिए ।

माघ २८ गते बिहान पार्वतीले छोराछोरीलाई अघिल्लो दिनको खाना खुवाई विद्यालय पठाइन् भने त्यसपछि पार्वतीले विष्णुलाई गहतको दाल, अण्डाकरीमा विष मिसाई खाना खुवाइन् ।

खाना खाएको केही समयपछि विष्णु गाह्रो भयो भन्दै उपचारका लागि मध्यपुर अस्पताल गएको र सोही दिन उनको ज्यान गएको थियो ।

अनुसन्धानका क्रममा घटनास्थलमा बरामद गरिएको गहतको दाल, अण्डाकरी, खाना (भात) तथा मुछिएको खानाको नमूना परीक्षणका क्रममा २०७४ साउन ९ गते प्रयोगशालाबाट आएको रिपोर्टमा अर्गान फोस्फोरस इन्सेक्टिसाइड्स नामको किटनाषक विषादी फेला परेपछि मृतकका भाइ लोकबहादुरले भाउजूबिरुद्ध किटानी जाहेरी दिएका थिए ।

विष्णुको मृत्युपछि प्रयोगशालाको रिपोर्ट आउनु अगाडि वैदेशिक रोजगारीमा गएकी पार्वती नेपाल फर्किएलगत्तै भक्तपुर जिल्ला अदालतको आदेशमा कोठाबाटै उनलाई पक्राउ गरेको प्रनाउ गिरीले जानकारी दिए ।

उनका अनुसार अनुसन्धानका क्रममा पार्वतीको श्रीमान् विष्णु वैदेशिक रोजगारीमा गएका बेला परपुरुषसँग सम्बन्ध रहेको र सोही सम्बन्धका कारण विष सेवन गराई हत्या गरेको खुल्न आएको जानकारी दिए ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ९ : ४६ बजे

तोकिएको जरिवाना नबुझाउने छ वटा राजनीतिक दल खारेज

काठमाडौं– निर्वाचन आयोगले तोकिएको जरिवाना नबुझाएका छ वटा राजनीतिक दलको

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार