कोरोना संक्रमित बढेपछि जापानमा फेरि संकटकाल घोषणा « Khabarhub

कोरोना संक्रमित बढेपछि जापानमा फेरि संकटकाल घोषणा


१० बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो (सिन्ह्वा)। जापानमा कोरोनाभाइरसको महामारी पुनः तीव्र रुपमा फैलिदै गएपछि फेरि संकटकालको घोषणा गरिएको छ। प्रधानममन्त्री योशिहिडे सुगाले शुक्रबार फेरि संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन्। देशको केन्द्रीय राजधानी टोकियो र पश्चिमी प्रान्तहरु ओशाका, क्योटो र ह्योगोमा संकटकाल घोषणा गरिएको हो।

एसियाली मुलुक जापानमा अहिले तेस्रो पटक संकटकाल घोषणा गरिएको जनाइएको छ। अहिले घोषणा गरिएको सङकटकाल आगामी मे ११ तारिख आइतबारदेखि लागु हुनेछ।

महामारी थप फैलिन नदिने उद्देश्यले संकटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन्। जापानमा विशेष महत्वका साथ मनाइने “गोल्डेन विक होलिडेज” नजिकिँदै गरेकाले त्यतिबेला झन् कोरोना फैलिने स्वास्थ्य अधिकारीहरूको चिन्ता छ।

बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिवन्ध लगाइएको छ भने व्यवसायीक ठूला ठूला प्रतिष्ठानहरू पनि बन्द गर्न लगाइएको छ।

संकटकाल घोषणा गरिएपनि पूर्ण लकडाउन जस्तो भने नहुने अधिकारीहरूको भनाइ छ। कोरोनाभाइरस फैलिनलाई सहयोगी हुने गतिविधिहरूका लागि मात्रै कडाइ गरिने अधिकारीहरूले बताएका छन्।

विषेश गरेर भिडभाड हुन नदिने, सामाजिक दुरी कायम गराउने, मास्क लगाउन अनिवार्य गर्नेलगायतका विषय नै प्राथमिकतामा पारिने उनीहरुले जानकारी दिएका छन्।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  ११ : १५ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु