बायर्नको जितमा लेवान्डोस्कीको कीर्तिमान « Khabarhub

बायर्नको जितमा लेवान्डोस्कीको कीर्तिमान


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्टार खेलाडी रोबर्ट लेवान्डोस्कीको कीर्तिमानी गोलसँगै जर्मन बुन्डेसलिगा फुटबलको च्याम्पियन बायर्न म्युनिखले सिजनको सुखद अन्त्य गरेको छ ।

शनिबार राति भएको सिजनको अन्तिम खेलमा बायर्नले अग्स्बर्गलाई ५-२ गोलले पराजित गरेको हो ।

बायर्नलाई जित दिलाउन लेवान्डोस्की, सेर्जी जिनाब्री, जोसुवा किमिच र किग्सले कोम्यानले एक/एक गोल गरे ।

बायर्नले एक गोल आत्मघाती उपहार पाएको थियो । अग्स्बर्गका जेफ्रीले आत्मघाती गोल गर्दा आन्द्रे हान र फ्लोरिनले एक/एक गोल फर्काए ।

यस खेलमा एक गोल गरेसँगै लेवान्डोस्कीले जारी सिजन ४१औँ गोल पूरा गरेका छन् । उनले २९ लिग खेलमा ४१ गोल पूरा गरेका हुन् । यो सँगै एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान उनले कायम गरेका छन् ।

लेवान्डोस्कीले बायर्नका लिजेण्ड खेलाडी गर्ड मुलरको कीर्तिमान भङ्ग गरेका हुन् । मुलरले सन् १९७१/७२ को सिजन ४० गोल गर्दै कीर्तिमान बनाएका थिए ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ५ : ५५ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष