मौसम बदली, आज यी क्षेत्रमा वर्षाको सम्भावना « Khabarhub

मौसम बदली, आज यी क्षेत्रमा वर्षाको सम्भावना


९ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीको असरले आज मुलुकभरको मौसममा बदली भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो मुलुकका सबै पहाडी भेगमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सोमबार र मंगलबार पनि ठाउँठाउँमा वर्षाको सम्भावना छ ।

यस्तो छ आगामी तीन दिनको पूर्वानुमान

जेठ ९ गते (आईतबार)

दिउँसो: प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ १० गते (सोमबार)

दिउँसो:  पहाडी भूभागमा आंशिकदेखि सामान्य  बदली  साथै प्रदेश नं २ लगायत प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशको तराईका भू-भागमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति :  प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश र गण्डकी प्रदेशलगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली रहनेछ । बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

जेठ ११ गते (मंगलबार)

दिउँसो: प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राति : प्रदेश १, वाग्मती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने छ । प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ९ जेठ २०७८, आइतबार  ७ : १० बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर